पछिल्लो समय वडा नम्बर ४ मा विकासले मुहार फेरेको छ
३ माघ काठमाडाैँ । कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लालविर चौधरीले स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर पुनः अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय कैलाली जिल्ला स्थित टिकापुर नगरपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन्, वडा अध्यक्ष लालविर चौधरी । उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका काम सम्पन्न गर्दै नयाँ विकास निमार्णका कार्यहरु तीव्र गतिमा गर्ने तयारीमा रहेको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो । उहाँले वडा खबरसँग कुरा गर्दै भन्नुभयो, “वडामा अहिले विकास निमार्णको काममा सडक…
