बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा
हस्ता विष्ट ३१वैशाख,काठमाडाैँ।साविक मालुंगा,जगत्रदेवी,पकवादी,तिन्दोबाटे,तुल्सिभन्ज्याङ,निवुवाखर्क,पिडिखोला र पेलाकोट गा.वि.स.मिलाएर नेपाल सरकारले गल्याङ नगरपालिकाको रुपमा घोषणा गरेको थियो । स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा रहेको यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ भने पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्विनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित गल्याङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष खर्ग बहादुर थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । गल्याङ नगरपालिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका…
