शिक्ष, स्वास्थ्य र कृषिलाई विशेष प्रथामिकता दिएर काम गरिरहेका छाैं : वडा अध्यक्ष कुशवाहा
काठमाडौं । पछिल्लो समय आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८मा विकासले फड्को मारिरहेको छ । वडा अध्यक्ष हरिनारायण प्रसाद कुशवाहाले वडामा अहिले विकास निर्माणका विभिन्न योजनाहरु अघि बढाइएको छ । उहाँले अहिले वडाभित्र शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्रथामिकता दिइएको बताउनु भयो । उहाँले भन्नुभयो, 'वडामा शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता दिएर महिला र बाललिकाहरुको लागि हामी काम गरिरहेका छौँ।' त्यस्तै उहाँले वडाभित्र सञ्चालित विकासका ठूला आयोजना अघि बढाइएको बताउनु भयो। वडाका सडक, पुल, कल्भर्ट लगायतका पूर्वाधार धमाधम निर्माण हुन थालेपछि सर्वसाधरण पनि खुसी देखिएका छन्। वडा अध्यक्ष कुशवाहाले अहिलेसम्म ५० देखि ६० प्रतिशत बजेट सकिएको बताउनु भयो ।…
