विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने वडा अध्यक्ष अमर सिंह धामी
११ जेठ, काठमाडौं । भुपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेशको पश्चिम भागमा अवस्थित रहेको वैतडी जिल्लाको पुर्वी पहाडी भागमा यो सिगास गाउँपालिका अवस्थित रहेको छ। साविकका सिगास‚गाँजरि‚ढुङ्गाड‚थालाकाँडा‚शिवलिङ्ग‚चौखाम गाविस र शिखरपुरका २ वडा मिलाएर हाल सिगास गाउँपालिका बनेको छ । रहनसहन‚लवाईखवाई देखि लिएर रीतिरिवाज परम्परा‚भाषा लगायत सम्पुर्ण कुरा यी ६ गा.वि.स विच मिल्ने भएकाले यी ६ गा।वि।स समावेश गरि एक गाउँपालिको रुपमा सिफारिस गरिएको थियो ।यस सिगास गाउँपालिमा ९ वडा कायम गरि साविकको शिवलिङ्ग गा.वि.स को वडा न ४ गर्जेमा कार्यालको केन्द्र कायम गरिएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा ३४ मतले पराजित हुनुभएका अमर सिंह धामी त्यसपछिभने निरन्तर समाज सेवामा…
