वडा अध्यक्ष कपको उपाधि टक्सार टाेललाई
१८ फागुन, काठमाडाैं । दाेर्दी गाउँपालिका ९ नम्वर वडा कार्यालयले आयोजना गरेको वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधि टक्सार टाेलले हात पारेकाे छ । फाईनलमा थाम टाेलकाे टिमलाई टक्सार टाेलकाे टिमले ४ काविरुद्ध ५ गोल गर्दै उपाधि हात पारेकाे हो । थाम टाेलकाे टिम द्वितिय स्थान हात पारेकाे वडा अध्यक्ष आशिष तामाङले बताउनु भयाे । उहाँका अनुसार प्रथम भएकाे टक्सार टाेलकाे टिमलाई २५ हजार नगद, ट्रफि, मेडल तथा प्रमाण पत्र वितरण गरिएकाे छ। वडा अध्यक्ष तामाङले द्वितिय स्थान हात पारेकाे थाम टाेलकाे टिमलाई १५ हजार नगद, ट्रफि, मेडल तथा प्रमाण पत्र वितरण गरिएकाे बताउनु भयाे । वडा अध्यक्ष कप फुटवल…
