नमुना वडा बनाउन अहोरात्र खट्ने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता
१७ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित भीमेश्वर नगरपालिका वडा नं. २ का स्टालिन श्रेष्ठ गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा भीमेश्वर नगरपालिका वडा नं. २ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय दोलखा जिल्ला स्थीत भीमेश्वर नगरपालिका वडा नं. २ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष स्टालिन श्रेष्ठ अहोरात्र खटिरहनु भएको छ । वडा अध्यक्ष श्रेष्ठले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय वडा नम्बर २ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँ निर्वाचित भइसकेपछी भाडाको घरबाट…
