वडा खबर सम्वाददाता

176 Posts
भारतको राजधानी दिल्लीमा जी-२० सम्मेलन, यसकारण बन्दैछ रोचक

भारतको राजधानी दिल्लीमा जी-२० सम्मेलन, यसकारण बन्दैछ रोचक

काठमाडौं । भारतको संघीय राजधानी नयाँ दिल्लीमा ग्रूप अफ ट्वेन्टी अर्थात् जी–२० शिखर सम्मेलन आजदेखि हुँदैछ। विश्वका १९ वटा सबैभन्दा ठूला अर्थतन्त्र र युरोपेली संघ मिलेर बनेको जी–२० को शिखर सम्मेलनको यसवर्ष आयोजक भारत छ। भारतले जी–२० को क्रमानुगत अध्यक्षता इन्डोनेसियाबाट पाएको थियो। दुई दिने जी–२० शिखर सम्मेलनको कार्यक्रम समापनसँगै बाज्रिलले सन् २०२४ को अध्यक्षमा पाउनेछ। त्यसपछि दक्षिण अफ्रिकामा सर्नेछ। यसपटकको जी–२० सम्मेलन विभिन्न मुद्दाका कारण रोचक बन्ने देखिन्छ। पछिल्लो पटक भारत र चीनबीच बेइजिङले सार्वजनिक गरेको नक्सालाई लिएर पनि विवाद छ। केही दिनअघि चीनले निकालेको नक्सामा अरुणाचल प्रदेश र अक्साई चीन पठारलाई चिनियाँ सीमाभित्र देखाइएको छ। यसमा दुई देशबीच…
Read More
पहिरोले सात घर विस्थापित

पहिरोले सात घर विस्थापित

१४ भदौ, पर्वत । जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पु¥याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ का निवर्तमान वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिनुभयो । “पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात वटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र विस्थापित हुनुभएको छ” खत्रीले भन्नुभयो । उहाँका अनुसार नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबादुर…
Read More
सर्लाहीको चार स्थानीय तहले अझै बजेट ल्याएनन्

सर्लाहीको चार स्थानीय तहले अझै बजेट ल्याएनन्

 १४ भदौ, सर्लाही । सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष २०८०÷८१ को बजेट अझै सार्वजानिक गर्न सकेका छैनन् । जिल्लाका २० स्थानीय तहमध्ये हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र बसरबरिया गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन । ती स्थानीय तहमा जनप्रतिनिधिबीचको आपसी द्वन्द्वका कारण नयाँ बजेट आउन नसकेको जनाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यायको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । हरिपूर्वा नगरपालिकामा तालाबन्दी रहेका कारण बजेट ल्याउन नसकिएको नगर प्रमुख विनोद साहले जानकारी दिनुभयो । चन्द्रनगर र बसबरिया गाउँपालिकामा बहुमत कार्यपालिका सदस्य…
Read More
चितवन मेडिकल कलेजमा दस वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया

चितवन मेडिकल कलेजमा दस वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया

१४ भदौ, चितवन । चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा डा श्यामराज रेग्मी र प्रा डा विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो । दश वर्षसम्म काठमाडौँको गङ्गालाल हृदयरोग केन्द्रमा पाइएको अनुभव लिएर चितवन आउनुभएका प्रा डा रेग्मीले सिएमसी क्याथल्याब सुरु गर्नुभएपछि यस क्षेत्रका बिरामी बाहिर जानु परेको छैन भने काठमाडौँलगायत अन्यसहरबाट समेत मुटुको उपचारका लागि यहाँ आउने गरेको पाइएको छ । क्याथल्याब इञ्चार्ज अमृत काफ्लेका अनुसार विसं २०७० भदौ ११ गतेदेखि हालसम्म अस्थायी पेसमेकर तीन सय २० जनामा, स्थायी पेसमेकर तीन सय जनामा, क्रोनरी एन्जीयोग्राफी…
Read More
कर्णाली सरकार तरल नाइट्रोजन प्लान्ट’ निर्माण गर्दै

कर्णाली सरकार तरल नाइट्रोजन प्लान्ट’ निर्माण गर्दै

१४ भदौ, कर्णाली । कर्णाली प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट निर्माण गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव २०८०/ ८१ को स्वीकृत कार्यक्रमअन्तरगत प्लान्ट निर्माण प्रक्रिया अगाडि बढेको हो यसका लागि प्रदेश सरकारले रु दुई करोड ५० लाख बजेट विनियोजन गरेको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले राससलाई जानकारी दिनुभयो । “प्लान्ट निर्माणका लागि हामीले बुधबार सुदूरपश्चिम प्रदेश सरकारले गेटा कैलालीमा स्थापना गरेको तरल नाइट्रोजन प्लान्ट अध्ययन अवलोकन गरेका छौँ,” उहाँले भन्नुभयो, “अब हामी भारतमा गएर पनि त्यसको अध्ययन गर्छौ र त्यसलगत्तै कर्णालीमा प्लान्ट स्थापना तथा सञ्चालनको कार्यलाई तदरुकता दिन्छौंँ ।” सहकारीमन्त्री शर्मासहित कृषि मन्त्रालयबाट…
Read More
सुन प्रकरण : दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

सुन प्रकरण : दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

 १४ भदौ, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टी गरेको छ । गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिमा गृह मन्त्रालयको कानुनी शाखा अधिकृत प्रमोद विक, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने, अध्यागमन विभागका अधिकृत खेमराज सापकोटा…
Read More
सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

१४ भदौ, काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उहाँलाई बुधबार सम्मान गरेको हो । चिनियाँ नागरिकले सानटाओले गत मे १८ तारिखमा सगरमाथाको आठ हजार मिटर उचाइदेखि बेस क्याम्पसम्म प्याराग्लाइडिङ गर्नुभएको थियो । सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हिमालको शिरबाट प्याराग्लाइडिङ गरिनु पर्यटन क्षेत्रका लागि नयाँ सम्भावना भएको बताउनुभयो । “नेपाल पर्यटन क्षेत्रको अथाह सम्भावना भएको मुलुक हो, हामीसँग भएको पर्यटकीय क्षेत्रलाई विश्वमाझ पु¥याएर यस क्षेत्रबाट विदेशी…
Read More
दुई थान पेस्तोलसहित माझी पक्राउ

दुई थान पेस्तोलसहित माझी पक्राउ

 १४ भदौ, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित गए राति एक जनालाई पक्राउ गरेको छ । सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ घर भई हाल लोकन्थली बस्ने ४० वर्षीय जङ्गे माझीलाई पक्राउ गरेको हो । प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । प्रहरीले माझीको साथबाट दुई थान कटुवा पेस्तोल, साही पेस्तोलमा लाग्ने एक राउण्ड गोली र बा४३प ९००० नम्बरको स्कुटर बरामद गरेको छ । माझीलाई पक्राउ गर्ने क्रममा उनको साथमा रहेका ३० वर्षीय अश्विन दाहाल भने फरार…
Read More
गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

 १४ भदौ, रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । अधिकांश भक्तजन बुधबार साँझनै कुण्डस्थलमा बास बस्न पुगेका थिए भने केही भक्तजन बीचबाटोमा बास बसी आज बिहानै तीर्थस्थल पुगेका छन् । थोर बहुतयात्रु भने लौरीविनायकको उकालो चढिरहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताउनुभयो…
Read More
आजदेखि एमसिसी नेपाल कम्प्याक्टको पाँचवर्षे समयावधि सुरु हुँदै

आजदेखि एमसिसी नेपाल कम्प्याक्टको पाँचवर्षे समयावधि सुरु हुँदै

१३ भदौ, काठमाडौँ । नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बीच २०७४ भदौ २९ मा भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरुपमा लागू हुने मिति (इन्ट्री इन् टू फोर्स–इआइएफ) आजदेखि सुरु हुँदैछ । आज अर्थ मन्त्रालयमा आयोजना हुने एक औपचारिक समारोहबीच अर्थमन्त्री डा प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले इआइएफसम्बन्धी पत्र आदान–प्रदान गर्ने कार्यक्रम रहेको छ । यसअघि गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को सञ्चालक समितिले भदौ १३ गतेलाई इआइएफ मिति तोक्ने निर्णय गरेको थियो । एमसिसी नेपाल कम्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन र सडक…
Read More
Page 1 of 18
1 2 3 18
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.