मनोरञ्जन

कमजोर समीक्षाका बाबजुत साहिद–कृतिको फिल्मको सुखद कमाई

कमजोर समीक्षाका बाबजुत साहिद–कृतिको फिल्मको सुखद कमाई

काठमाडाैं । शुक्रबारदेखि रिलिजमा आएका बलिउड नायक साहिद कपुर र नायिका कृति सेनन अभिनित फिल्म ‘तेरी बातो मे ऐसा उल्झा जिया’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । यो फिल्मलाई बलिउडका समीक्षकहरूले भने कमजोर भनेका छन् । फिल्मलाई २ र २.५ को रेटिङ मिलेको छ । तर, दर्शकले भने फिल्मलाई मन पराएका छन् । यसैले, दर्शकको बलियो वर्ड अफ माउथका कारण यसको व्यापार बढिरहेको छ । यो फिल्मले शुक्रबार ७.०२ करोडको व्यापार गरेको थियो । शनिबार फिल्मले १०.५० करोडको कमाई गर्यो । दुई दिनमा १७.५२ करोडको कमाई गरेको फिल्मले आज आइतबार पनि सुखद कमाई गरिरहेको छ । तीन दिनमा फिल्मको…
Read More
वैवाहिक बलात्कारको दृश्यले विवादमा तानिए बबी

वैवाहिक बलात्कारको दृश्यले विवादमा तानिए बबी

मुम्बई । अहिलेसम्म फिल्म ‘एनिमल’मा रणवीर कपूरका केही दृश्यलाई लिएर विवाद भएको थियो । अहिले बबी देओलको एउटा दृश्यलाई लिएर मानिसहरुले प्रश्न उठाइरहेका छन् । वास्तवमा फिल्ममा बबी देओल र उनकी पत्नीको भूमिकामा अभिनेत्री मानसी तक्षकबिचको वैवाहिक बलात्कारको दृश्य देखाइएको छ । मानसी बबीभन्दा २९ वर्ष कान्छी भएकाले बबीले आफूभन्दा कान्छी केटीसँग यस्तो दृश्य गर्नु अनौठो नलागेको भन्दै प्रश्न उठाएका छन् । यता बबीले आफ्नो चरित्र आफ्नी श्रीमतीसँग दुर्व्यवहार गर्ने निर्दयी श्रीमानको रहेको बताएका छन् । ‘मैले त्यो पात्रलाई सही ढंगले निभाएँ,’ आफ्नो कुरालाई अगाडि बढाउँदै उनले यो दृश्य गर्न आफूलाई कुनै समस्या नभएको बताए । फिल्ममा बबी देओल (अब्रार…
Read More
भारतमा ‘आदिपुरुष’को कमाइमा चौथो दिनमै ७५ प्रतिशतले गिरावट

भारतमा ‘आदिपुरुष’को कमाइमा चौथो दिनमै ७५ प्रतिशतले गिरावट

काठमाडौं । नकारात्मक ‘वर्ड अफ माउथ’ले फिल्मको व्यापारमा कति असर पुग्छ भन्ने पछिल्लो उदाहरण बनेको छ भारतीय फिल्म आदिपुरुष । भारतीय बक्स अफिसमा प्रदर्शनको चौथो दिन सोमबार फिल्मको कमाइ झण्डै ७५ प्रतिशतले गिरावट आएको छ । सोमबार मात्रै यसले भारतमा ९ देखि १० करोड कमाएको जनाइएको छ । यो गिरावट शुक्रबारको कमाइको तुलनामा ७३ प्रतिशत हो । फिल्मको कथावस्तुलाई लिएर भारतसहित छिमेकी मुलुक नेपालमा विरोध प्रदर्शन र आलोचना भएपछि कमाइमा गिरावट आएको बताइएको छ । भारतमा विश्वविद्यालय, स्कुललगायत अन्य संस्थाबाट उच्चस्तरमा बुकिङ भएपछि यसले पहिलो सप्ताहन्तमा राम्रो कमाइ गरेको थियो । तर वर्ड अफ माउथ नकारात्मक आएपछि कमाइमा उच्च गिरावट…
Read More
नेपालभर ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय

नेपालभर ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय

काठमाडौं । नेपालभर भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय गरिएको छ । ‘आदिपुरुष’ फिल्मको नेपाल वितरक कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको हो । निर्णय भएसँगै ‘आदिपुरुष’को नेपालभर प्रदर्शन रोकिएको छ । काठमाडौं महानगरपालिकाले आफ्नो नगरभित्र सोमबारबाट प्रदर्शन रोक्ने जनाइसकेको थियो । काठमाडौं महानगरसँगै अन्य पालिकाले समेत ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय भइरहेका बेला नेपाल वितरक कम्पनी ब्यांकटेसले नै नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको हो । ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी’ भन्ने शब्द समावेश गरिएपछि काठमाडौं महानगरले उक्त शब्द फिल्मबाट हटाउन तीनदिनको समय दिएको थियो । तर, नेपालमा मात्र हटाएपछि महानगरले सोमबारबाट प्रदर्शनमा रोक लगाएको थियो । रोक…
Read More
हुक्का बारमा काम गरेकी नाेरा कसरी बनिन् स्टार ?

हुक्का बारमा काम गरेकी नाेरा कसरी बनिन् स्टार ?

मुम्बई । नोरा फतेहीले भर्खरै एक अन्तर्वार्तामा आफ्नो संघर्षका दिनहरूबारे कुरा गरेकी छिन् । उनले आफू कुनै समय हुक्का बारमा काम गर्ने गरेको खुलाइन् । उनले अरु केटीजस्तै पार्टी नगर्ने बरु दिनहुँ कोठामा थुनेर आफ्नो सीपमा काम गर्ने गरेको पनि बताइन् । ३१ वर्षीया अभिनेत्रीले हेलेनलाई आफ्नो रोल मोडलको रूपमा व्याख्या गर्दै उनको बायोपिक गर्न चाहेको बताइन् । बीबीसी एसियन नेटवर्कलाई दिएको अन्तर्वार्तामा नोराले आफ्नो आधारभूत आवश्यकता पूरा गर्न धेरै प्रकारका काम गरेको बताइन् । आफ्नो नृत्य कलालाई अझ निखार्न उनले हुक्का बारमा पनि काम गरेकी थिइन् । नोराले भनिन्-'जुनसुकै अवसर पाएँ, अन्तिम क्षणमा पाएँ । म कृतज्ञ छु कि…
Read More
मिनिस्कटमा रहेकी नायिका प्रियंकालाई स्कुटीको सिटले पोल्दा आपत्

मिनिस्कटमा रहेकी नायिका प्रियंकालाई स्कुटीको सिटले पोल्दा आपत्

काठमाडौं । नायिका प्रियंका कार्की अहिले फिल्ममा भन्दा रियालिटी शोमा बढी व्यस्त छिन्। उनी अध्यक्ष बनेको मुन्द्रेको कमेडी क्लब प्रसारण भइरहेको छ। प्रारम्भका एपिसोड त्यति नजमेको यो कमेडी शोमा राजेश हमाल गेस्ट बनेर गएपछि चर्चामा आयो। उनी कमेडी मात्रै हैन अर्को रियालिटी शो रोडिजमा निर्णायकको भूमिकामा अनुबन्ध भएकी छिन्। अहिले विभिन्न सहर गएर प्रतिस्पर्धी छान्ने काम भइरहेको छ रोडिजको। चौथो सिजनमा मात्र आएर प्रियंका साहसमा आधारित यो कार्यक्रमको निर्णायक बनेकी हुन्। बुटवलमा गएर रोडिज खोज्ने क्रमको प्रियंकाको एक भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ। कार्यक्रमको प्रचारका लागि स्वकुटीमा रोड शो गर्ने क्रममा अर्की अभिनेत्री दिया मास्केसँगै स्वकुटीमा देखिन्छन् प्रियंका। रातो…
Read More
अभिनेता आशीष बने ६० वर्षको उमेरमा दुलहा

अभिनेता आशीष बने ६० वर्षको उमेरमा दुलहा

एजेन्सी । भारतीय अभिनेता आशीष विद्यार्थी ६० वर्षको उमेरमा दोस्रो पटक दुलहा बनेका छन् । आशीषले असम राज्यकी रुपाली बरुआसँग बिहीबार विवाह गरेका हुन् । उनीहरुको अदालती विवाह भएको हो । भारतीय सञ्चार माध्यमका आनुसार रुपाली फेसन विजनेशमा आबद्ध रहेकी छन् । आशिषले जिन्दगीको यो विन्दूमा विवाह गर्नुलाई ‘एक्स्ट्रा-अर्डिनरी फिलिङ’को रुपमा ब्याख्या समेत गरेका छन् । आशीषको पहिलो विवाह राजोशी बरुआसँग भएको थियो । वर्षौं पहिले सम्बन्धविक्षेद गरेका उनीहरुको एक छोरा छन् । नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका राष्ट्रिय अवार्ड विजेता आशीषले फिल्म ‘द्रोहकाल’बाट बलिउडमा डेब्यू गरेका थिए । आशिषले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै…
Read More
कट्रिनासँग सम्बन्ध विच्छेद गर्ने बारे विक्की कौशलको प्रतिक्रिया

कट्रिनासँग सम्बन्ध विच्छेद गर्ने बारे विक्की कौशलको प्रतिक्रिया

काठमाडाैं । फिल्म ‘जरा हटके जरा बचके’ को ट्रेलर इभेन्टमा विक्की कौशल र सारा अली खानले मिडियासँग कुराकानी गरेका छन् । यति बेला एक रिपोर्टरले विक्कीलाई कट्रिना कैफभन्दा राम्रो युवती भेटिए, उनीसँग सम्बन्ध विच्छेद गर्नुहुन्छ भनेर सोधे । वास्तवमा फिल्म जरा हटके जरा बचके एउटा यस्तो जोडीकाे कहानी हो जो एक–अर्कासँग अलग हुन चाहन्छन् । जन्मौँ जन्मसम्म कट्रिनाको साथमा हुनेछु : विक्की कौशल पत्रकारको प्रश्न सुनेर विक्की अचम्ममा परे । त्यसपछि उनले आफूलाई सम्हाल्दै यो प्रश्नको जवाफ दिँदै भने, ‘सर बेलुका घर पनि जानु छ । तपाईंले यस्तो टेढो प्रश्न सोध्नुभएको छ, बच्चै छु, हुर्कन दिनुहोस् न । यसको कस्तो…
Read More
अमिताभ र अनुष्काविरूद्ध मुम्बई प्रहरीमा उजुरी

अमिताभ र अनुष्काविरूद्ध मुम्बई प्रहरीमा उजुरी

एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चन र अभिनेत्री अनुष्का शर्माविरूद्ध मुम्बई प्रहरीमा उजुरी परेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार अमिताभ र अनुष्काले ट्राफिक नियम उल्लङ्घन गरेका कारण प्रहरीमा उजुरी परेको हाे । सोमबार ट्राफिक जामबाट बच्न आफ्नो कार छाडेर दुई कलाकाहरुले बाइकमा लिफ्ट मागेका थिए। उक्त तस्बिर र भिडिओमा अमिताभ र अनुष्काले हेलमेट लगाएका छैनन्। न त उनीहरूको चालकले नै हेलमेट लगाएका छन्। यसैबीच मुम्बई प्रहरीले अमिताभ र अनुष्कालाई कारबाही गर्ने बताएको छ। कलाकारको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले मुम्बई प्रहरीलाई मेन्सन गर्दै दुवै कलाकारविरूद्ध बिना हेलमेट बाइकमा सवार भएको भन्दै उजुरी दिएका…
Read More
अभिनेत्री परिणितीले सांसद राघवसँग गरिन् इन्गेजमेन्ट

अभिनेत्री परिणितीले सांसद राघवसँग गरिन् इन्गेजमेन्ट

एजेन्सी । भारतीय अभिनेत्री परिणिती चोपडाले आम आदमी पार्टीका सांसद राघव चड्डासँग शनिबार इन्गेजमेन्ट गरेकी छिन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार समारोह साँझ ५ बजे कपुरथला हाउस, कनॉट प्लेस, दिल्लीमा सुरु भएको थियो । राति करिब ९ बजे परिणिती र राघवले आफ्नो सोसल मिडिया अकाउन्टमा इन्गेजमेन्टको तस्विर सार्वजनिक गरेका थिए । कार्यक्रममा राजनीतिक तथा चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । समारोहमा प्रियंका चोपडा सबैभन्दा पहिले उपस्थित भएकी थिइन् । इन्गेजमेन्टका लागि राघवले पवन सचदेवको डिजाइन लगाए भने परिणितीले मनिष मलहोत्राको डिजाइन पहिरिइन् । यी दुबैले लण्डन स्कुल अफ इकोनोमिक्समा सँगै अध्ययन गरेका थिए । केही समयदेखि नै यी…
Read More
Page 1 of 4
1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.