मिनिस्कटमा रहेकी नायिका प्रियंकालाई स्कुटीको सिटले पोल्दा आपत्

Share Icon

काठमाडौं । नायिका प्रियंका कार्की अहिले फिल्ममा भन्दा रियालिटी शोमा बढी व्यस्त छिन्।

उनी अध्यक्ष बनेको मुन्द्रेको कमेडी क्लब प्रसारण भइरहेको छ। प्रारम्भका एपिसोड त्यति नजमेको यो कमेडी शोमा राजेश हमाल गेस्ट बनेर गएपछि चर्चामा आयो।

उनी कमेडी मात्रै हैन अर्को रियालिटी शो रोडिजमा निर्णायकको भूमिकामा अनुबन्ध भएकी छिन्।

अहिले विभिन्न सहर गएर प्रतिस्पर्धी छान्ने काम भइरहेको छ रोडिजको। चौथो सिजनमा मात्र आएर प्रियंका साहसमा आधारित यो कार्यक्रमको निर्णायक बनेकी हुन्।

बुटवलमा गएर रोडिज खोज्ने क्रमको प्रियंकाको एक भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ।

कार्यक्रमको प्रचारका लागि स्वकुटीमा रोड शो गर्ने क्रममा अर्की अभिनेत्री दिया मास्केसँगै स्वकुटीमा देखिन्छन् प्रियंका।

रातो धागो बाँधेकी उनी मिनी स्कटमा स्कुटी चढ्न खोज्दा बुटवलको घामले तातिएको सिटले पोल्छ।

यस्तो तातोमा कसरी बस्ने भनेपछि वरिपरि भएका सहयोगीले कपडा भिजाएर ल्याएर सिट चिसो बनाउन खोज्छन्।

केही समयको प्रयासपछि सिट चिसो हुन्छ। अनि प्रियंका बस्दा पोल्दैन। अनि उनी स्कुटी चलाएर जान्छिन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.