Share Icon

काठमाडाैं । हरिनास गाउँपालिकामा रहेकाे पुछौँदि खोलाकाे जनप्रतिनिधिहरूले सिमांकन गरेका छन् । हरिनास गाउँपालिकामा रहेकाे पुछौँदि खोलाकाे जनप्रतिनिधिहरूले सिमांकन गरेका हुन् ।

उक्त पुछौँदि खोलाकाे सिमांकनमा चित्त नबुझे दाबी विराेध पेस गर्न हरिनास गाउँपालिका वडा नम्बर ३ काे कार्यालयले सूचना जारी अनुराेध गरेकाे छ ।

गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष ओम प्रकाश सिग्देलले हरिनास गाउँपालिका वडा नं. २ र ३ (साविक चिसापानी गा.वि.स. वडा नं. ५ र ६ ) को बीच भै वग्ने सीमाको रुपमा रहेको पुछौदी खौला विगत लामो समय देखि अतिकमण भई हाल आयर खोला पुरिन गई खेतमा परिणत भएको कारण वर्षातको समयमा खौला अनियन्त्रित भई वग्दा खेती योग्य जमिन ( खेत ) गेगर बालुवाले पुरिनुका साथै पुछौदी भेगको खेतमा लगाएको अन्तबालीमा क्षती पुगेकोले खोलाको सीमा निर्धारण गरिएकाे जानकारी दिनुभयाे ।

उहाँले सरोकार वाला व्यक्ति हरुबाट यस वडा नं ३ को कार्यालय राहालेमा निवेदन पेश हुन आएको र सम्वन्धित सरोकार वाला ब्यक्ति, जग्गा धनी, सधियार हरुको उपस्थितिमा जेठ १७ गते प्राविधिकबाट नापजाँच गरि खोला तथा खेतको सीमा
निर्धारण गरिएको बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’उक्त विषयमा कोही कसैको केही गुनासो, दावी विरोध भएमा जेठ २३ गते भित्र ३ नं वडा कार्यालय राहालेमा आवश्यक प्रमाण सहित उपस्थित हुनु अनुराेध गरिन्छ।’ अन्यथा आठौं दिनबाट मेसिन लगाई सिमाङ्कन अनुसार खोला कायम गरिने वडा अध्यक्ष सिग्देलले बताउनु भयाे ।

Facebook Comments Box

Share Icon