वडा अध्यक्ष सञ्ज्यालकाे सक्रियतामा राेकियाे बालविवाह
२४ पाैष, काठमाडाैं । कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोकेका छन् । बाजुरा जगनाथ गाउँपालिका घर भएकी १५ वर्षीया एक किशोरी र कालीकोटको रास्कोट नगरपालिका–४ निवासी २० वर्षीया किशोरबीच हुन लागेको विवाह उनीहरूले रोकेका हुन् । यही पुस १९ गते ती किशोरीलाई बाजुरा जगन्नाथ गाउँपालिकाबाट भगाएर कालीकोटका रास्कोट निवासी युवकले घरमा ल्याएका थिए । उमेर नपुगी हुने विवाहलाई कानुनले मान्यता नदिएकाले स्थानीय र जनप्रतिनिधिले किशोरीलाई अभिभावकको जिम्मा लगाएको वडाध्यक्ष दिनेश सञ्ज्यालले जानकारी दिनुभयो । “स्थानीय र जनप्रतिनिधिको रोहवरमा किशोरीलाई आफन्तको जिम्मा लगाएका छौँ”, उहाँले भन्नुभयो, “किशोरीको उमेर १५ वर्ष मात्र पुगेको रहेछ । कानुनी रुपमा विवाह गर्न अझै पाँच वर्ष…
