वडा खबर सम्वाददाता

2821 Posts
भारतीय सहयोगमा डोटीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

भारतीय सहयोगमा डोटीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी जिल्लाको बडीकेदार गाउँपालिकामा रहेको श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस (केदार सूर्य बहुमुखी क्याम्पसको रूपमा पुनः नामाकरण गरिएको) को आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। प्रत्येक तलामा ७ वटा कोठा र अन्य सम्बद्ध सुविधाहरू भएको दुई तल्ले क्याम्पस भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा गरिएको हो। यो परियोजना डोटीको बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो। बडीकेदार गाउँपालिकामा अवस्थित केदार सूर्य बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस हो। यस क्याम्पसमा ब्याचलर अफ एजुकेसन (बि. एड.) र…
Read More
जनता प्रति  सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

जनता प्रति सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

बर्दिया माघ २० गते । सम्भवत बर्दिया जिल्लामै सबैभन्दा सानो उमेरका वडा अध्यक्ष हुन् विष्णु यादव। गुलरिया नगरपालिका वडा नं ११ मा जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष भएका विष्णु यादव यतिबेला बल्ल २८ वर्ष पुगेका छन् ।२०७९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जनता समाजवादी पार्टीका विष्णु यादवले ९०३ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनी गुलरिया नगरपालिकाका सबैभन्दा कान्छा वडा अध्यक्ष पनि हुन् । यादव यतिबेला जनताको काममा समर्पित हुने गरेका छन्। स्वभावले पनि मिजाशिला र सहयोगी यादव सबैका लागि एउटा असल पात्रको रुपमा यतिबेला राजनीतिमा देखिएका छन्। यतिबेला गाउँघरमा स्थानीयको काममा सहयोग गर्न जहाँ पनि पुग्ने…
Read More
भारतीय विदेश सचिवको नेपाल भ्रमणको औपचारिक घोषणा

भारतीय विदेश सचिवको नेपाल भ्रमणको औपचारिक घोषणा

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने नेपाल भ्रमणको नेपाल र भारतले छुट्टा–छुट्टै शुक्रबार औपचारिक रुपमा घोषणा गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले विदेश सचिव मिस्रीको नेपाल भ्रमणको औपचारिक रुपमा घोषणा गरेका हुन् । नेपालका परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्रीले आइतबार र सोमबार (साउन २७ र २८) नेपालको औपचारिक भ्रमण गर्दैछन् । विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो भने नेपालमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि भारतबाट पहिलो भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालय विज्ञप्ति जारी गर्दै दुई सचिवहरुले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने र संयुक्त लाभ…
Read More
दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता पाएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले रंगशालाको संरक्षण गर्न थालेपछि पहिलोपटक एएएफसीले मान्यता दिएको हो। बिहीबार एसियाली फुटबल महासंघ एएफसीले मान्यता दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । ‘हामीले समयमै रंगशालाको सबै प्रक्रिया पुर्‍याएर एएफसीलाई पत्र पठाएका थियौँ। एएफसीले प्रतियोगिता गर्न मान्यता दिएको छ,’ एन्फा सिइओ इन्द्रमान तुलाधरले भने । यसअघि मैदान तयार नहुँदा नेपालले फिफा विश्वकप २०२६ छनोटका खेल गुमाएको थियो । नेपालले बहराइनसँगको खेल बहराइन नै पुगेर खेलेको थियो। युएईसँगको खेल साउदी अरेबियामा खेलेको हो ।
Read More
आज नागपञ्चमी : घरको मूलढोकामा नागको तस्वीर टाँसी पूजा गरिँदै

आज नागपञ्चमी : घरको मूलढोकामा नागको तस्वीर टाँसी पूजा गरिँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।…
Read More
कर्णालीमा आज सार्वजनिक बिदा

कर्णालीमा आज सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । नागपञ्चमीका अवसरमा प्रदेश सकरारले आज सार्वजनिक बिदा दिएको हो । ​ ‘साउन २५ गते शुक्रवार नागपञ्चमी (श्रावण शुक्ल पञ्चमी) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ मन्त्रालयले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ ।
Read More
आज नागपञ्चमी: कस्तो छ तपाईंको राशिफल?

आज नागपञ्चमी: कस्तो छ तपाईंको राशिफल?

काठमाडौं । आज २०८१ साल साउन २५ गते शुक्रबारको राशिफल । मेष आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । मिथुन आज सरकारी निकायको भय रहला । अविश्वास उत्पन्न हुनेछ । परिवारमा झैझमेलाको अवस्था आउला, तर पुँजी बजारले भने साथ दिनेछ । सिंह आज शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । तुला बन्न लागेको काम बिग्रनसक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला…
Read More
भारतद्वारा काभ्रेमा सवा चार कराेडकाे लागतमा धुलिखेल अस्पतालको वार्ड भवन निर्माण

भारतद्वारा काभ्रेमा सवा चार कराेडकाे लागतमा धुलिखेल अस्पतालको वार्ड भवन निर्माण

काठमाडाैं । भारत सरकारले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित धुलिखेल अस्पतालको वार्ड भवनको निर्माण गरेकाे छ। ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ४ कराेड २६ लाख बजेटमा निर्मित उक्त वार्ड भवनकाे आज उद्घाटन गरिएकाे छ । उक्त वार्ड भवनको भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले उद्घाटन गरेका हुन् । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा यस अस्पताललाई आवश्यक पर्ने अन्य सुविधासँगै वार्ड भवनको निर्माण गरिएकाे काठमाडाैंस्थित रहेकाे भारतीय राजदूतावासले जनाएकाे छ। कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक तथा प्रशासनिक निर्देशकले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।…
Read More
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । जसको प्रभावले अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशााखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि…
Read More
वैदेशिक रोजगारीका ठगी उजुरी ५७ प्रतिशतले वृद्धि

वैदेशिक रोजगारीका ठगी उजुरी ५७ प्रतिशतले वृद्धि

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगीका उजुरी पछिल्लो वर्षमा ५७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन हजार ३५६ उजुरी र आव २०८०/८१ मा सात हजार ७६३ वटा उजुरी दर्ता भएका छन् । यो सङ्ख्या अघिल्लो आवभन्दा गत आवमा वैदेशिक रोजगारीका क्रममा भएका ठगीका उजुरीको सङ्ख्या चार हजार ४०६ ले बढेको छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन । गोरखापत्रबाट
Read More
Page 1 of 283
1 2 3 283
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.