नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ : अध्यक्ष क्षेत्री
१४ जेठ, काठमाडाैँ । मोदी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लामा पर्दछ । नेपाल सरकारको मितिः २०७३.११र२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलका अन्तर्गत साविकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गा.वि.स. का पर्दछन् । यो गाउँपालिकामा जम्मा ८ वडा वडाहरू रहेका छन् । यसको कूल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनणना २०६८ अनुसार कूल जनसंख्या २१२८४ रहेको छ । जसमा पुरुष ९२८२ र महिला १२००२ रहेको छ । यस गाउँपालिकाको पूर्वमा कास्की जिल्ला , पश्चिममा कुश्मा नगरपालिका र जलजला गाउँपालिका , उत्तरमा म्याग्दी र कास्की जिल्ला र दक्षिणमा कुश्मा…
