वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौंः अध्यक्ष घले
५ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला सिद्धलेक गाउँपालिका स्थित ५ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा बुधे घले निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय सिद्धलेक गाउँपालिका स्थित वडा नं. ५ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष घलेले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । वडा अध्यक्ष घलेले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडाको विकासका काममा अहोरात्र खटिरहनु भएको छ । पछिल्लो समय वडा नम्बर ५ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा…
