वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौंः अध्यक्ष घले
५ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला सिद्धलेक गाउँपालिका स्थित ५ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा बुधे घले निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
पछिल्लो समय सिद्धलेक गाउँपालिका स्थित वडा नं. ५ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष घलेले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।
वडा अध्यक्ष घलेले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडाको विकासका काममा अहोरात्र खटिरहनु भएको छ ।
पछिल्लो समय वडा नम्बर ५ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष घलेले बताउनुभयो ।
वडामा शिक्षा, स्वास्थ्य, सडक र खानेपानीलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरु तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी सडकहरुलाई ग्राबेल तथा स्तर उन्नती गर्ने र सडकहरुको नालाहरु निर्माण गर्ने काम गरीरहेका छौँ ।”
वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा खानेपानी सम्बन्धी कामहरु कामहरु भइरहेको अध्यक्ष उहाँले बताउनुभयो ।
वडा अध्यक्ष घलेले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन लागी परीरहेका छौँ ।”
वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवागा्रहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुको लागी सिप मुलक तालिम अन्तर्गत पचहत्तर जनालाई सिलाई बुनाई, गलैचा बुन्ने, जस्ता प्रदान गरीरहेका छौँ ।”
उहाँ निर्वाचीत हुनु भन्दा अघि राजनितीक पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
वडा नम्बर ५ मा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ५ का अध्यक्ष बुधे घलेले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडा नम्बर ५ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।