पालिका खबर

जनता प्रति  सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

जनता प्रति सबैको आशा र भरोसाको केन्द्र बनेका वडा अध्यक्ष यादव

बर्दिया माघ २० गते । सम्भवत बर्दिया जिल्लामै सबैभन्दा सानो उमेरका वडा अध्यक्ष हुन् विष्णु यादव। गुलरिया नगरपालिका वडा नं ११ मा जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष भएका विष्णु यादव यतिबेला बल्ल २८ वर्ष पुगेका छन् ।२०७९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जनता समाजवादी पार्टीका विष्णु यादवले ९०३ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनी गुलरिया नगरपालिकाका सबैभन्दा कान्छा वडा अध्यक्ष पनि हुन् । यादव यतिबेला जनताको काममा समर्पित हुने गरेका छन्। स्वभावले पनि मिजाशिला र सहयोगी यादव सबैका लागि एउटा असल पात्रको रुपमा यतिबेला राजनीतिमा देखिएका छन्। यतिबेला गाउँघरमा स्थानीयको काममा सहयोग गर्न जहाँ पनि पुग्ने…
Read More
गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मालाई स्वागत

गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मालाई स्वागत

आलोक भावुक गढवा, २४ असोज । दाङको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर आउनु भएका अमरराज शर्मा लाई बुधबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी चौधरी, बिभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिका कर्मचारी लगाएतकाले प्रमुख प्रशासकीय अधिकृत शर्मालाई फुलमालाले स्वागत भर्नुभएको हो। नव प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा जिल्ला प्रशासन कार्यालय घोराही दाङबाट सरुवा भई गढवा गाउँपालिकामा आउनु भएको हो । अमरराज शर्माले गढवा गाउँपालिकाको पांचौ प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदभार ग्रहण गर्नु भएको छ भने यस भन्दा पहिले ऋषि राम केसी, नोखिराम ओली, लाल…
Read More
बारागढी गाउँपालिकामा अपराध न्यूनीकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम तथा अनुचित लेनदेन (मिटर व्याजी ) सम्बन्धी अन्तरक्रिया

बारागढी गाउँपालिकामा अपराध न्यूनीकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम तथा अनुचित लेनदेन (मिटर व्याजी ) सम्बन्धी अन्तरक्रिया

काठमाडाैं । बारा जिल्लाकाे बारागढी गाउँपालिकामा अपराध न्यूनीकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम तथा अनुचित लेनदेन (मिटर व्याजी ) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले लागुऔषध दुर्व्यसन तथा ओसार-पसार लगायत बिक्री वितरणलाई निस्तेज पार्न प्रहरी अझै सक्रिय भएर लाग्नु पर्नेमा जाेड दिनुभयाे । उहाँले अहिले साइबर अपराध व्यापक रूपमा भइरहेकाेले त्यसतर्फ पनि प्रहरीले ध्यान दिनुपर्ने बताउनु भयाे । अन्तरक्रिया कार्यक्रममा बालश्रम, बाल विवाह र यौनजन्य अपराधबाट समाजमा पर्ने असर बारे छलफल गरिएकाे थियाे । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन, लैङ्गिक हिंसा, महिला बालबालिका तथा घरेलु हिंसाविरुद्ध समुदाय र प्रहरी बीच समन्वय…
Read More
पूर्वाधार विकासमा फड्को मार्दै बारागढी गाउँपालिका

पूर्वाधार विकासमा फड्को मार्दै बारागढी गाउँपालिका

बारा । जनप्रतिनिधि निर्वाचित भएको दाेस्राे कार्यकालमा बारागढी गाउँपालिकाले पूर्वाधार विकासमा उल्लेख्य प्रगति हासिल गरेको छ । गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले प्रगति विवरणअनुसार पूर्वाधार निर्माणका क्षेत्रमा धेरै उपलब्धिमुलक कामहरू भएकाे बताउनु भयाे । सडक सञ्जाल निर्माण, विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचनाको निर्माण, विद्यालय, स्वास्थ्य संस्थालगायत संरचना निर्माण, कृषि तथा सिँचाइको विकास, सुशासन प्रवद्र्धनलगायत कार्यमा गाउँपालिकाले उल्लेख्य उपलब्धि हासिल गरेको उहाँकाे दाबी छ । स्थानीय सरकार सञ्चालनमा राजनीतिक दलका प्रतिनिधिबीचमा सहकार्य, सहमति र एकता भएमा स्थानीय विकासमा फड्को मार्न सकिँदोरहेछ भन्ने उदाहरण बारागढी गाउँपालिकाले प्रस्तुत गरिरहेको छ । ‘स्थानीय सरकार’ गठनपश्चात पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनलगायतका संरचनागत…
Read More
बारागढी गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत केसरी

बारागढी गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत केसरी

काठमाडाैं । मधेश प्रदेशकाे बारा जिल्लाकाे बारागढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत परिर्वतन भएका छन् । बारागढी गाउँपालिकाका अध्यक्ष अशाेक कुमार जयसवालले प्रमुख प्रशासकीय अधिकृतको रूपमा सुनिल केसरी सर हाजिर हुनु भएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, 'एक कार्यक्रमकाे आयोजना केसरी सरलाई पालिकामा स्वागत गर्दै हार्दिक बधाई तथा सफल कार्यालकाे शुभकामना दिइएकाे छ।' प्रमुख प्रशासकीय अधिकृत केसरीले पदभार समेत ग्रहण गरेका छन् । कार्यक्रममा पालिका प्रमुख जयसवालले बारागढीको बृहत्तर विकासका लागि कर्मचारीको योगदान र कार्यको प्रशंसा गर्नुभयाे ।
Read More
बारागढीलाई साक्षर गाउँपालिका घोषणा

बारागढीलाई साक्षर गाउँपालिका घोषणा

बारा । मधेश प्रदेशकाे बारा जिल्लाकाे बारागढीलाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । शक्रबार अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बारागढीलाई साक्षर गाउँपालिका घोषणा गरिएको हो । पालिकाका ९७ दशमलव २५ प्रतिशत नागरिक साक्षर भएको सुनिश्चित भएसँगै साक्षर पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे । जिल्लामा पहिलाे पालिकाकाे रूपमा बारागढी साक्षर पालिका घाेषणा भएकाे हाे । शुक्रबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सराेज यादवले एक कार्यक्रमका बिच बारागढीलाई साक्षर पालिका घोषण गर्नुभयाे । साक्षर पालिका घोषणा गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताउनु भयाे । उहाँले प्रदेशमा तेस्राे पालिकाकाे रूपमा बारागढीलाई साक्षर पालिका घोषण गर्न…
Read More
अझै किन ल्याउन सकेनन् बाराका २ पालिकाले बजेट ?

अझै किन ल्याउन सकेनन् बाराका २ पालिकाले बजेट ?

बारा । बारा जिल्लाका १६ पालिका मध्ये १४ वटा पालिकाले मात्र निर्धारित समयमा बजेट ल्याएका छन् । जिल्लाको सिम्रौनगढ नगरपालिका र आदर्श कोतवाल गाउँपालिकाले भने हालसम्म बजेट ल्याउन नसकेका हुन । सिम्रौनगढ र आदर्शकोतवालमा दलहरुबीच देखिएको राजनितिक मतभेद र जनप्रतिनिधिहरु बीच आपसी विवादमा बजेट ल्याउन नसकेका हुन । सिम्रौनगढमा जनप्रतिनिधिहरुबीच आपसी विवाद आदर्शकोतवालमा भने कर्मचारीहरुको मनपरी र अटेरले गर्दा बजेट प्रभावित भएको बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइट अनुसार बारा जिल्लामा पहिलो पटक बजेट प्रस्तुत गर्नेमा निजगढ नगरपालिका रहेको छ । मन्त्रालयको वेबसाइटमा निजगढले असार ९ गते बजेट सभाबाट पारित गरेको देखिन्छ । त्यस्तै पचरौता नगरपालिका,…
Read More
चुल्हाेसहितकाे ग्यास सिलिण्डर बाड्दै बारागढी गाउँपालिका

चुल्हाेसहितकाे ग्यास सिलिण्डर बाड्दै बारागढी गाउँपालिका

बारा । बाराको बारागढी गाउँपालिकाले चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गर्ने क्रम जारी राखेकाे छ । गाउँघरका वृद्धवृद्धा महिलाहरु दाउराबाट खाना पकाउँदा दम, खोकी जस्ता रोगको समस्या विकराल बन्दै गएको अवस्थामा गाउँपालिकाले दाउराको सट्टा ग्यास बाल्न ग्यास सिलिण्डर तथा चुल्हो सेट वितरण सुरु गरेको हाे । चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम अन्तरगत चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गर्ने क्रम जारी रहेकाे गाउँपालिकाका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे । वडा नम्बर १, २ र ३ मा चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण कार्यक्रम सकिएपछि गाउँपालिकाले वडा नम्बर ४ मा चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गरिरहेकाे छ । गाउँपालिका अध्यक्ष जयसवालले वडा नम्बर ४…
Read More
चुल्हाेसहितकाे ग्यास सिलिण्डर बारागढी गाउँपालिकावासी पाएपछि भए हर्षित

चुल्हाेसहितकाे ग्यास सिलिण्डर बारागढी गाउँपालिकावासी पाएपछि भए हर्षित

बारा । बाराको बारागढी गाउँपालिकाले चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गर्ने क्रम जारी राखेकाे छ । गाउँघरका वृद्धवृद्धा महिलाहरु दाउराबाट खाना पकाउँदा दम, खोकी जस्ता रोगको समस्या विकराल बन्दै गएको अवस्थामा गाउँपालिकाले दाउराको सट्टा ग्यास बाल्न ग्यास सिलिण्डर तथा चुल्हो सेट वितरण सुरु गरेको हाे । चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम अन्तरगत चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गर्ने क्रम जारी रहेकाे गाउँपालिकाका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे । वडा नम्बर १ र २ मा चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण कार्यक्रम सकिएपछि गाउँपालिकाले तीन दिनदेखि वडा नम्बर ३ मा चुल्हाेसहितकाे ग्यास सिलिण्डर गरिरहेकाे छ । गाउँपालिका अध्यक्ष जयसवालले वडा नम्बर ३…
Read More
बारागढी गाउँपालिकाद्वारा चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गर्ने क्रम जारी

बारागढी गाउँपालिकाद्वारा चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गर्ने क्रम जारी

बारा । बाराको बारागढी गाउँपालिकाले चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गर्ने क्रम जारी राखेकाे छ । गाउँघरका वृद्धवृद्धा महिलाहरु दाउराबाट खाना पकाउँदा दम, खोकी जस्ता रोगको समस्या विकराल बन्दै गएको अवस्थामा गाउँपालिकाले दाउराको सट्टा ग्यास बाल्न ग्यास सिलिण्डर तथा चुल्हो सेट वितरण सुरु गरेको हाे । चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम अन्तरगत चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण गर्ने क्रम जारी रहेकाे गाउँपालिकाका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे । वडा नं. १ को ९ सय ४४ घरधुरीरीलाई चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण कार्यक्रम सकिएपछि आज वडा नम्बर २ मा वितरण गरिएकाे छ । गाउँपालिका अध्यक्ष जयसवालले आज ४ सय ७३ घरधुरी…
Read More
Page 1 of 5
1 2 3 5
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.