Share Icon

काठमाडाैं । बारा जिल्लाकाे बारागढी गाउँपालिकामा अपराध न्यूनीकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम तथा अनुचित लेनदेन (मिटर व्याजी ) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले लागुऔषध दुर्व्यसन तथा ओसार-पसार लगायत बिक्री वितरणलाई निस्तेज पार्न प्रहरी अझै सक्रिय भएर लाग्नु पर्नेमा जाेड दिनुभयाे ।

उहाँले अहिले साइबर अपराध व्यापक रूपमा भइरहेकाेले त्यसतर्फ पनि प्रहरीले ध्यान दिनुपर्ने बताउनु भयाे । अन्तरक्रिया कार्यक्रममा बालश्रम, बाल विवाह र यौनजन्य अपराधबाट समाजमा पर्ने असर बारे छलफल गरिएकाे थियाे ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन, लैङ्गिक हिंसा, महिला बालबालिका तथा घरेलु हिंसाविरुद्ध समुदाय र प्रहरी बीच समन्वय तथा सहकार्य हुनुपर्नेमा गाउँपालिका अध्यक्ष जयसवालले जाेड दिनुभयाे।

उहाँले अनुचित लेनदेन (मिटर व्याजी ) सम्बन्धी ऐन नियमकाे साथै समग्र जिल्लाकाे शान्ति सुरक्षाकाे विषयमा छलफल भएकाे जानकारी दिनुभयाे । अन्तरक्रिया कार्यक्रममा समाजमा हुने विभिन्न अपराधिक घटनाको गहिरो अनुसन्धानका साथै तत्काल अपराधीलाई नियन्त्रण गर्ने प्रकृया बारे जानकारी गराइएकाे थियाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी राय, प्रमुख प्रशासकिय अधिकृत सुनिल प्रसाद केशरी, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत शाखा प्रमुखहरूकाे उपस्थिति रहेकाे थियाे ।

Facebook Comments Box

Share Icon