पर्यटकमय वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष तामाङ
२४ माघ काठमाडाैँ । बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला स्थित जुगल गाउँपालिका वडा नं. २ का चन्द्रकाजी तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर जुगल गाउँपालिका वडा नं. २ को अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय सिन्धुपाल्चोक जिल्ला स्थित जुगल गाउँपालिका वडा नं. २ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।” उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु…
