बार बर्दिया नगरपालिका वडा नम्बर ७ समृद्ध तर्फ लम्किदै
५ पाैष, काठमाडाैं । बर्दिया जिल्लाको बार बर्दिया नगरपालिका वडा नम्बर ७ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर ७ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा अध्यक्ष इन्द्र प्रसाद थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएको बताउनु भयो । वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक, कृषि र भौतिक पुर्वाधार लगायत क्षेत्रमा राम्रो काम भइरहेकाे उहाँले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएकाे ज्वलन्त उदाहरण बन्नुभएकाे छ वडा अध्यक्ष थारू । त्यस्तै वडामा अघिल्ला वर्षका बाँकी…
