विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने वडा अध्यक्ष ठकुरी
७ चैत्र, काठमाडाैं। बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ । पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ। बैजनाथ गाउँपालिकामा ८ वडा रहेको छ । वडाका जनप्रतिनिधि राजु रुचाल ठकुरी २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । आफू निर्वाचित भएको वडाको चौतर्फि विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पुराना कामलाई गति दिदैं नयाँ योजनालाई तिव्रता दिइरहेको जानकारी दिनुभएको छ । वाड नम्बर २ का अध्यक्ष राजु रुचाल ठकुरी भने बढी समय जनताको काममा सक्रिय हुनुहुन्छ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने…
