बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष श्रेष्ठ
हस्ता विष्ट २८ वैशाख, काठमाडाैँ । मध्यकालिन आँधिखोलाको सभ्यताभित्र भीरकोट राज्यको स्थापना विक्रम संम्बत १४७५ देखि १५०० को बीचमा भएको थियो । स्याङ्गजाको इतिहासमा नुवाकोट, सतहुँकोट गह्रौंकोटमध्ये भीरकोटलाई प्राचिन ऐतिहासिक किल्ला र कोट मानिएको पाइन्छ । उहिले आँधिखोलादेखि पश्चिम खिलुङ्ग भन्ने स्थानलाई जैन खाँनले बस्ती बसालेका र त्यसैको निकट भीरकोट शीतल हावाचल्ने ठाँउमा घर, मन्दिर, निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरुले राज्य चलाएको पाइन्छ । यस नगरपालिकाको उत्तरमा अवस्थित शंखपुर भीरकोट नगरपालिका वडा नंम्बर १ देखि दक्षिणमा भीरकोट नगरपालिका वडा नंम्बर ४ को खत्रीखोलासम्म तथा पूर्व तर्फ भीरकोट नगरपालिका वडा नंम्बर ३ को भुरुङ्गखोला देखी पश्चिम तर्फ भीरकोट नगरपालिका वडा…
