५ नम्बर वडालाई समृद्ध बनाउँदै वडाध्यक्ष चौधरी
१ पाैष, काठमाडाैं । जोशीपुर गाउँपालिका सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको संघीय निर्वाचन क्षेत्र नं १ मा पर्छ । जोशीपुर गाउँपालिका साविकका जोशीपुर र बौनिया गरी २ ओटा गाउँ विकास समिति मिलेर बनेकाे हाे । संघीय संरचनाअनुसार याे गाउँपालिकामा ७ वटा वडा रहेकाे छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अनर कुमार चौधरी जोशीपुर गाउँपालिका वडा नम्बर ५ काे अध्यक्ष पदमा निर्वाचित हुनुभएकाे छ। वडा नम्बर ५ अन्न तथा धानबाली उत्पादनकाे पकेट क्षेत्रकाे रुपमा परिचित छ । याे वडा कृषि उत्पादनमा अग्र स्थानमा छ । वडा अध्यक्ष अनर कुमार चौधरीले वडालाई समृद्ध बनाउन हरेक काेणबाट प्रयास गरिरहेकाे बताउनु भयाे । उहाँले…
