नमुना वडा बनाउदै वडा अध्यक्ष मिया
१७ माघ , काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं.२ का वडा अध्यक्ष रहम तुल्ला मियाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन ः निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं.२ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् , वडा अध्यक्ष मिया । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ । उहाँले भन्नुभयो, '' वडामा विशेष…
