वडामा सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै अध्यक्ष तामाङ
♥ध्रुब कार्की २९ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश रामेछाप जिल्लामा अवस्थित खाँडादेवी गाँउपालिका वि.सं. २०७३ सालमा साविकका राकाथुम, मझुवा, भीरपानी, पकरबास, माकादुम, गागल–भदौरे , पिङखुरी गाउँ विकास समिति मिलाएर गाउँपालिका बनाएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल १५०.७ वर्गकिलोमिटर र ३१,३८३ जनसङ्ख्या भएको यस गाउँपालिकालाई ९ वडाहरुमा विभाजन गरिएको छ । खाँडादेवी गाँउपालिका स्थित ८ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा जङ्ग लाल तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ जङ्ग लाल तामाङ, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर…
