नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष गुरूङ
२२ असाेेज, काठमाडाैँ । नेपाल सरकारको स्थानीय तह गठन आदेश, २०७३ बमोजिम गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लामा गठन भएका पाँच स्थानीय तह मध्ये यो तेस्रो ठुलो स्थानीय तह हो। यस माछापुच्छ्रे गाउँपालिका समुद्र सतहबाट न्यूनतम १०२६ मिटर उचाइ देखि अधिकतम माछापुच्छ्रे हिमाल ६९९८ मिटर उचाइ सम्म उत्तर–दक्षिण फैलिएर रहेको छ । साविकका निम्न ८ आठ वटा गाउँ विकास समितिलाई मिलाएर बनेको यस माछापुच्छ्रे गाउँपालिकाको पूर्वमा मादी गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, उत्तरमा मनाङ जिल्ला र दक्षिणमा पोखरा लेखनाथ महानगरपालिका र अन्नपूर्ण गाउँपालिका रहेको छ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित माछापुच्छ्रे गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष राम बहादुर गुरूङले स्थानीय…
