घरसंगै वडा कार्यालय समाल्दै अध्यक्ष रेणु
८ पाैष, काठमाडाैं । जोशीपुर गाउँपालिका सुदुरपश्चिम प्रदेश सेती अञ्चल अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं १ मा पर्दछ । यो गाउँपालिकामा साविकका जोशीपुर र बौनिया गरी २ ओटा गा.वि.स. समाबेश गरी ७ ओटा वडा कायम गरिएको छ । महिलाहरुले हक ३३ प्रतिशत खोजिरहेका बेला यस वडामा अध्यक्षकाे पदमा हुनुहुन्छ रेणु कुमारी डगौरा । जनताकाे बिश्वास र नारिले घर मात्र हैन अव वडा पनि हाक्न सक्छ भनेर जोसिपुर गाउँपालिका वडा नम्बर ३ का स्थानिय बासिले उहाँलाई बिस्वासका साथ भारी मतले बिजय गराएका छन्। जनताको बिस्वास अन्तिम पलसम्म जिउँदो राख्ने भन्दैँ सदैव वडा वासिको काममा सक्रिय रहने तथा ५ वर्षमा यस वडाको…
