Share Icon

८ पाैष, काठमाडाैं ।   जोशीपुर गाउँपालिका सुदुरपश्चिम प्रदेश सेती अञ्चल अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं १ मा पर्दछ । यो गाउँपालिकामा साविकका जोशीपुर र बौनिया गरी २ ओटा गा.वि.स. समाबेश गरी ७ ओटा वडा कायम गरिएको छ ।

महिलाहरुले हक ३३ प्रतिशत खोजिरहेका बेला यस वडामा अध्यक्षकाे पदमा हुनुहुन्छ रेणु कुमारी डगौरा ।  जनताकाे बिश्वास र नारिले घर मात्र हैन अव वडा पनि हाक्न सक्छ भनेर जोसिपुर गाउँपालिका वडा नम्बर ३ का स्थानिय बासिले उहाँलाई बिस्वासका साथ भारी मतले बिजय गराएका छन्।

 जनताको बिस्वास अन्तिम पलसम्म जिउँदो राख्ने भन्दैँ सदैव वडा वासिको काममा सक्रिय रहने तथा ५ वर्षमा यस वडाको मुहार फेर्ने वडा खवर संगको कुरामा वडा अध्यक्ष डगौराले बताउनुभयो ।

जनप्रतिनिधि रेणु कुमारी डगौरा २०७९ को स्था  नीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाएका जानकारि दिनुभयाे ।

सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै योजना पास भएको अब तिब्र गतिमा कार्य गर्ने  डगौराले बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘भोक तिर्खा नभनि रातदिन नभनि स्थानियका कामका लागि म सदैव तयार रहने छु । काम गर्छु भनेको छु समाज सेवा मेरो चाहना हो म स्थानियका लागि लागिपरेको छु कसरी हुन्छ सेवा सुविधा सजिलो, चुस्तदुस्त बनाउन लागिरहेको छु’

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो। जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ३ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon