स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दैं अध्यक्ष छेवाङ
१० माघ,काठमाडाैं । गोरखा जिल्ला स्थित चुमनुव्री गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कालेन छेवाङले बताउनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,कृषि,बाटो सडक, धार्मिक तथा सांस्कृतिक ,खानेपानि तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याइएका छन । पर्यटकीय क्षेत्रलाई जोड दिदै धार्मिक क्षेत्रमा मठ मन्दिर ,गुम्बा बनाउने योजनामा रहेको छ । त्यस्तै वडाको योजनाबाट दुईवटा झोलुङगे पुलको निमार्ण काम सम्पन्न भएको छ । त्यसै गरी गुणस्तरीय शिक्षाको लागि वडाको पहलबाट विद्यालयको भवन निमार्णको कामहरु भईरहेको छ । स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता…
