आफुले गरेका प्रतिबद्धता अनुसार ५ वर्षमा काम गरेर देखाउने वडा अध्यक्ष बोहोरा
५ वैशाख, काठमाडौँ। भुपरिवेष्ठित देश नेपालकोको सुदुरपश्चिम भागमा अवस्थित रहेको वैतडी जिल्लाको पुर्वी पहाडी भागमा यो सिगास गाउँपालिका अवस्थित रहेको छ। साविकका सिगास‚गाँजरि‚ढुङ्गाड‚थालाकाँडा‚शिवलिङ्ग‚चौखाम गाविस र शिखरपुरका २ वडा मिलाएर हाल सिगास गाउँपालिका बनेको छ । रहनसहन‚लवाईखवाई देखि लिएर रीतिरिवाज परम्परा‚भाषा लगायत सम्पुर्ण कुरा यी ६ गा.वि.स विच मिल्ने भएकाले यी ६ गा.वि.स समावेश गरि एक गाउँपालिको रुपमा सिफारिस गरिएको थियो । यस सिगास गाउँपालिमा ७ वडा कायम गरि साविकको शिवलिङ्ग गा.वि.स को वडा न ४ गर्जेमा कार्यालको केन्द्र कायम गरिएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा ७ मतको अन्तर अन्तरले पराजित हुनुभएका हरि सिंह बोहरा निरन्तर रुपमा समाज सेवामा…
