वडामा बाटो, शिक्षा र खानेपानीलाई पहिलो प्राथमिकता दिएका छाैँ : अध्यक्ष खत्री
३१ जेठ,काठमाडाैँ । गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक ढोरपाटन नगरपालिका साविकका ४ गा.वि.स हरु वुर्तिवाङ, खुङ्गा, अधिकारीचौर र बोबाङ मिलेर ९ वटा वडाको एउटा नगरपालिका बनेको छ। यस नगरपालिकामा नेपालको एक मात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण रहेको छ । गण्डकी प्रदेश बाग्लुङ जिल्लामा अवस्थित ढोरपाटननगरपालिका वडा नं. २ का वडा अध्यक्ष भेक बहादुर खत्रीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । ढोरपाटन नगरपालिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष…
