बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष कार्की
हस्ता विष्ट ४ जेठ, काठमाडाैँ । पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा अवस्थित नगरपालिका हो । २०५३ सालमा, साविकका स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा गाउँ विकास समितिहरु मिलेर यस नगरपालिकाको स्थापना भएको हो । नेपाल सरकारको मिति २०७३ फाल्गुण २९ गतेको निर्णय बमोजिम राज्यको पुन संरचनमा यस पुतलीबजार नगरपालिकामा साविकका टक्सार, पौवैगौडे, ठुलाडिही, बहकोट, कोल्मा, राङ्भाङ् १, ३ र ९ पेल्काचौर १,२,४ र ८ गाभिन आई कुल १४ वडाको नयाँ पुतलीबजार नगरपालिकाको संरचना बनेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित पुतलीबजार नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष अर्जुन कुमार कार्कीले स्थानीय तहको…
