विकास र समृद्धिको लागी निरन्तर लागी रहेकाे छाैं: वडा अध्यक्ष पुन
१६ माघ, काठमाडाैं , । पुथा उत्तरगङ्गा गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गा.वि.स.हरु रहेका छन। दिलमान पुन १२ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस्, अरूभन्दा १२ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष दिलमान पुनले बताउनुभयो। सिंहदरबारको अधिकार…
