गढवाको ६ नम्बर वडाका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
गढवा, २४ बैशाख । गढवा गाउँपालिका वडा नम्बर - ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। "पूर्ण खोप सुरक्षित भविष्य"खोप पाउनु बालबालिकाको 'नैसर्गिक अधिकार हो ' भन्ने मूल नाराका साथ दाङको गढवा गाउँपालिका वडा नम्बर - ६ लाई आईतवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो। वडा खोप समन्वय समितिले गढवा स्वास्थ्य चौकीमा आइतबार आयोजना गरेको कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पालिकाको वडा नम्बर - ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्नु भयो। कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम…
