Share Icon

२१ चैत्र, काठमाडौ।  लुम्बिनी प्रदेश दाङ जिल्लामा अवस्थित गढवा गाउँपालिकामा वडा नं. २ का वडा अध्यक्ष हरि भगत चौधरीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो।

गढवा गाउँपालिकामा वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हरि भगत चौधरी ।

पुर्व वडा अध्यक्षको कार्यकालमा अधुरा रहेका काम सम्पन्न गर्दै नयाँ विकास निमार्णका कार्यहरु तीव्र गतिमा गर्ने तयारीमा रहेको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष हरि भगत चौधरीले भन्नुभयो, “ खानेपानी पहिलो प्राथमिकता दिएर शिक्षा, स्वास्थ्य, कृषि , जनचेताना, तथा बाटोघाटोका योजना तथा कार्यक्रमहरू वडामा समेटेका छौ ।” उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम गर्दै गरेको उल्लेख गर्नुभयो ।

शिक्षा, स्वास्थ्य,खानेपानी, बाढी जस्ता जोखिम बाट आदि क्षेत्रमा विशेष पहल वडामा चालेको हुनाले वडाका स्थानियले राहतको महशुस गरेको वडा अध्यक्ष चौधरीले उल्लेख गर्नुभयोे ।

उहाँले थप्दै भन्रुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ। सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। ” जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने वडा अध्यक्ष चौधरीले बताउनुभयो।

वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा व्यवसायमा आबद्ध रहनुभएका चौधरीले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

वडा अध्यक्ष चौधरीले भन्नुहुन्छ, “आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई समृद्धि बनाउनुका साथै वडा बासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।”

अन्त्यमा आफ्ना वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon