Share Icon

२३ साउन,काठमाडौँ । स्याङजा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष हुन् राजु मगर उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको १ वर्ष पूरा भएको छ ।

यो बीचमा शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको उनी बताउँछन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि वडाको विकास निर्माणको कामले तीव्रता लिएको उनी दाबी गर्छन् ।

यसका साथै निरन्तरको प्रयास, पालिका, प्रदेश, संघीय सरकारको सहयोग तथा चुनौतीसँग जुध्दै वडाले पूर्वाधार विकासमा एक पछि अर्को फड्को मारिरहेको अध्यक्ष राजु मगरले बताए । ,

वडा अध्यक्ष राजु मगर नेपालमै अन्य वडाभन्दा फरक गतिबिधि गर्दै आइरहेका छन् । उनी मनकारी वडा अध्यक्षको परिचित छन् । उनी शनिबार पनि घरमा नबसी वडावासीको घरदैलोमा समस्या सुन्न हिड्छन् ।

व्यक्तिगत नै किन न होस सहयोग गर्न पछि हटदैनन् वडा अध्यक्ष राजु मगर वडा अध्यक्ष  निश्वार्थ रुपमा स्थानीयलाई नजिकको सरकार महसुस गराउन सफल जनप्रतिनिधि पनि हुन्।

हुन त वडामा जनप्रतिनिधि आइसकेपछि वडाको फेरिएको मुहार जोसुकैले सहजै थाहा पाउन सक्छन् । तर वडा अध्यक्ष मगर भन्छन्, ‘ मेरो एकल प्रयासले मात्र यी काम सम्भव भएको होइन, साथमा निर्वाचित भएर आएका जनप्रतिनिधि साथ र सहयोगले भएको हो।’

१ वर्षको कार्यकाल निकै सकारात्मक रहेको वडा अध्यक्ष कुवंरको भनाइ छ। उनले भने, ‘निर्वाचित भएर आएपछि सुरुवाती दिनमा कानुन, कार्यविधि केही नियम तथा निर्देशिकाको अभावका कारण केही समस्याहरू झेल्नु पर्यो । हामी माथि जनताका आशा र अपेक्षा धेरै छ । ‘

वडाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा धेरै कामहरू गरेको छ । उनले भने, ‘यस अवधिसम्म आइपुग्दा हामीले धेरै रचनात्मक कामहरू गर्न सफल भयौं । सुरुवाती दिनमा अप्ठ्यारो महसुस भयो, धेरै संर्घषका बाबजुद अब हामी सजिलो अवस्थामा आइपुगेका छौं।’

उनको नेतृत्वमा एक वर्षमा वडामा ग्राभेल, नाला व्यवस्थापन, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई तथा सार्वजनिक सम्पदाको संरक्षण र सौन्दर्यकरणको काम भएको छ ।

सामाजिक विकास तर्फ पनि वडाले पाइला चालिरहेको छ । सामाजिक विकासका रुपमा वडाले सिप विकासका कार्यक्रमहरु तथा स्वरोजगारका कार्यक्रमहरुलाई प्राथामिकताका साथ अघि बढाएको छ ।

वडामा सरसफाईका क्षेत्रमा समेत थुप्रै कार्यक्रम गरिएको वडा अध्यक्ष कुंवरले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,’विशेष गरेर वडाका टोल, टोलमा सरसफाई कार्यक्रम विस्तार गरिएको छ।’

उनले भने, ‘हामीले स्वास्थ्य क्षेत्रमा पनि धेरै राम्रो कामहरू गरेका छौं । हामी निर्वाचित पदाधिकारीहरूको कार्यकाल १ वर्ष सकिएको छ । हामी निर्वाचनमा जाँदा जनतालाई गर्न नसकिने प्रतिबद्धता र आश्वासन दिएका थिएनौं ।’

Facebook Comments Box

Share Icon