प्रतिनिधिसभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस
काठमाडौँ, २१ जेठ
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको आजको संसद्को बैठकको कारवाही स्थगन गर्न प्रस्ताव पेस गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७४ बमोजिम आजको संसद् वैठकको कारवाही स्थगन गर्न प्रस्ताव पेस गर्नुभएको हो ।
नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल नगरी संसद् नियमितरुपमा अगाडि बढ्न नसक्ने उल्लेख गर्दै शाहीले निर्धारित सबै कार्यक्रम स्थगन गर्न माग गर्नुभयो । अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सो प्रस्ताव पेस गरिएको हो ।
Facebook Comments Box
Related posts:
विभागमा पुगेर रविले फिर्ता गरे पासपोर्ट
समग्र वडालाई समेटेर निरन्तर कामहरू अगाडि बढाईरहेका छाैँ : अध्यक्ष गुरुङ
बाटो, शिक्षा र कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष कंडेल
समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष जोशी
अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियालाई टुंग्याउनु हो, तर परिस्थिति पेचिलो बन्दै छ : प्रधानमन्त्र...