गुलरिया वडा नं. ८ द्वारा भुमिहिन तथा सुकुम्बासीहरूलाई अस्थायी निस्सा वितरण
गुलरिया । बर्दिया जिल्ला गुलरिया नगरपालिका वार्ड नं ८ मा भुमिहिन तथा सुकुम्बासीहरूलाई अस्थायी निस्सा वितरण भइरहेकाे छ । गुलरिया नगरपालिकाले संकलन गरेको भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरूलाई धमाधम निस्सा वितरण भइरहेकाे छ । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित बसोबासीले नगरपालिकामा दर्ता गराएको निवेदन राष्ट्रिय भूमि आयोगबाट प्रमाणिकरण भएर आएको नाप नक्साको निस्सा नगरपालिकाले वितरण गर्न सुरु गरेको हो । गत शुक्रबार गुलरिया नगरपालिका–८ कार्यालयले निस्सा वितरण गर्न सुरु गरेको हाे । वितरण गरिएको निस्सामा भोगचलन गरेको जग्गाको कित्ता कोड, जग्गा रहेको ठेगाना र अनुमानित क्षेत्रफललगायत उल्लेख छ । गुलरिया नगरपालिकाका नगर प्रमूख मुक्तिनाथ यादवको आतिथ्यमा भुमिहिन…
