कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष सुवेदी
हस्ता विष्ट ९ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष दिपक प्रसाद सुवेदी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय वडा नम्बर २१ मा विकास निमार्णका कामहरु तीव्र गतिमा भईरहेका छन् । पछिल्लो समय वडा नम्बर २१ मा विकासले मुहार फेरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष दिपक प्रसाद सुवेदी वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । स्थानीय तहको निर्वाचित…
