गुणस्तरीय शिक्षा ल्याउन विशेष दिएकाे छु : अध्यक्ष रावत
२० कात्तिक,काठमाडाैँ । कर्णाली प्रदेशको राजधानीबाट करिब १९२ कि. मि. उत्तरमा रहेको यस बारेकोट गाउँपालिकाको प्राय अधिकांश भाग उच्च पहाडी भूभागले ढाकेको छ । बारेकोट गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका रामिडाँडा, नायकवाडा¸ सक्ला र रोकाया गाउँ गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेका यहाँका ऐतिहाँसिक बाह्र (१२) वटा कोट (डाँडा वा थुम्का) हरु क्रमश : सिनाकोट¸धौलकोट¸रानाकोट¸ सुवाकोट¸ तलकोट¸ चिमकोट¸ रतनकोट¸ उनीकोट¸ दुनीकोट¸ लम्तीकोट¸ नयरकोट र चुत्रीकोट को नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ९ वटा वडाहरुमा विभाजन गरिएको छ । कर्णाली प्रदेश जाजरकाेट जिल्लामा अवस्थित…
