गुणस्तरीय शिक्षा ल्याउन विशेष दिएकाे छु : अध्यक्ष रावत
२० कात्तिक,काठमाडाैँ । कर्णाली प्रदेशको राजधानीबाट करिब १९२ कि. मि. उत्तरमा रहेको यस बारेकोट गाउँपालिकाको प्राय अधिकांश भाग उच्च पहाडी भूभागले ढाकेको छ ।
बारेकोट गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो ।
साविकका रामिडाँडा, नायकवाडा¸ सक्ला र रोकाया गाउँ गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेका यहाँका ऐतिहाँसिक बाह्र (१२) वटा कोट (डाँडा वा थुम्का) हरु क्रमश : सिनाकोट¸धौलकोट¸रानाकोट¸ सुवाकोट¸ तलकोट¸ चिमकोट¸ रतनकोट¸ उनीकोट¸ दुनीकोट¸ लम्तीकोट¸ नयरकोट र चुत्रीकोट को नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ९ वटा वडाहरुमा विभाजन गरिएको छ ।
कर्णाली प्रदेश जाजरकाेट जिल्लामा अवस्थित बारेकोट गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष विष्णु बहादुर रावतले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
बारेकाेट गाउँपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष विष्णु बहादुर रावत ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष विष्णु बहादुर रावत अहोरात्र खटिरहनुभएको छ ।
वडा अध्यक्ष रावत भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ।”
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष रावतले बताउनुभयोे ।
वडा अध्यक्ष रावतले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षा, खानेपानी र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने याेजनामा रहेकाे छ । “
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा विद्यार्थीहरूकाे संख्या बढाउनकाे लागि विशेष जाेड दिएकाे र समय समयमा विद्यालयकाे अनुगमन गर्ने कामहरू भइरहेकाे उहाँले प्रष्ट पार्नुभयाे ।
त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा अध्यक्ष रावतले जानकारी दिनुभयो । कृषिकाे क्षेत्रमा वडाबाट विभिन्न विउ विजनहरू अनुदानमा वितरण गर्ने याेजनामा रहेकाे उहाँकाे दाबी छ ।
पछिल्लाे समय पालिकाबाट वडामा सिमित बजेट विनियाेजन भएका कारण आफुले भनेकाे जस्ताे काम गर्न नसकिएकाे वडा अध्यक्ष विष्णु बहादुर रावतले बताउनुभयाे ।
वडा अध्यक्ष विष्णु बहादुर रावतले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । “
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्ब १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।