वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष उर्याल
१७ जेठ, काठमाडौं। कञ्चनपुर जिल्ला सुदुरपश्चिम प्रदेशमा अवस्थित रहेको छ । कञ्चनपुर जिल्लामा पर्ने बेलडाँडी गाउँपालिकामा ५ वटा वडा कायम गरिएको छ। व्यवसाय तथा समाज सेवामा रहेर निरन्तर रुपमा स्थानियको सेवामा निश्वार्थ लागिरहनु भएका नारद सिंह उर्यालले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल वडा अध्यक्ष हुनुभयो। बेलडाँडी गाउँपालिकामा वडा नम्बर २ का वडा अध्यक्ष उर्यालले वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएको छ । बेलडाँडी गाउँपालिकामा वडामा अहिले बजेट समित रहेको र समित बजेटमा पनि मिलाएर योजनाहरू अघि बढाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाटो, शिक्षा, स्वास्थ, विद्युत, युवाका लागि स्वरोजगार लगायतका समस्याहरुको निराकरणको लागि…
