वडाको समग्र विकासको लागि हामी लागिरहेका छौं

Share Icon

१७ पाैंष,काठमाडाैं ।   कञ्चनपुर जिल्लाको बेलडाँडी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दुर्गा प्रशाद चौधरी स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर दाेस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदै भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ , वडा अध्यक्ष दुर्गा प्रसाद चौधरीे।

स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,सडक बाटो, बिजुल्लि बत्ति, सरसफाई,भौतिक पुर्वाधार विकास निमार्णका काम, धार्मिक तथा सांस्कृतिकका योजना तथा कार्यक्रमहरु ल्याएको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।

त्यस्तै स्वास्थ्य क्षेत्रको लागि वडामा कोरोनाको खोप लगाउने कार्यक्रमहरु रहेको जानकारी दिनुभयो । त्यसै गरी वडामा शिक्षा क्षेत्रमा निजि क्षेत्रको विद्यालयका शिक्षकलाई तलब बापत वडाबाट बजेट छुटटाएको ,गरिब,पिछडिएका वर्ग,न्युन आय भएका विद्यार्थीहरुलाई प्रोत्साहन बापत बजेटको व्यवस्था गरेका छौ ।

एकल महिलाहरुलाई सिपमुलक तालिम राखेको , अपांग भएका घर परिवारका लागि ग्यास चुलोको व्यवस्था गरेका छौ । जनजातिहरुलाई लक्षित गर्दै सांस्कृतिक कार्यक्रमहरु राखेको जानकारी दिनुभयो । त्यस्तै कृषि क्षेत्रको लागि उत्कृष्ट कृषकलाई बाख्रालाई खुवाउने डोर वितरण गरेको , तरकारी बारीमा लाग्ने रोगमा औषधी स्प्रे गर्ने ट्यांकी वितरण गरेका छौं ।

उहाँले भन्नुभयो, ‘अहिले हामी भुमि व्यवस्थापन गर्ने कामलाई पहिलो प्राथमिकता दिएका छौ । शिक्षाको क्षेत्रमा वडाबाट लोकसेवा आयोग कक्षाको सञ्चालन गर्ने व्यवस्था गरेको छाैं ।

वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन् , उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेका छौ । वडाको चौतर्फी विकास गर्नको लागि हामी सदैब लागि परेका छौ ।’

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.