आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष मैनाली
१५ माघ काठमाडाैँ । दोलखा जिल्ला कालिन्चोक गाँउपालिका वडा नं. ९ का राम प्रसाद मैनाली स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुनः निर्वाचीत हुनुभयो । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुहुन्थ्यो । उहाँले जनताको समस्या र वडा विकासको लागी आफु सधैँ तत्पर रहेको बताउनुभएको छ् । पछिल्लो समय दोलखा जिल्ला स्थित कालिन्चोक गाँउपालिका वडा नम्बर ९ ले विकासमा फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष राम प्रसाद मैनाली अहोरात्र खटिरहनुभएको छ । उहाँले गत वर्षको वार्षीक बजेट विनीयोजन गरेसँगै विकास योजनाका कामहरु सबै सम्पन्न भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “वडामा हामीले पूर्वाधार निर्माणमा सडकहरु…
