कृषिलाई व्यवसायीकरण गर्दै वडा अध्यक्ष चौधरी
१४ पाैष,काठमाडौं। लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार (मन्त्रिपरिषद्)को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये एक नगरपालिका हो। मधुवन नगरपालिका साबिकका सानोश्री, ताराताल, सुर्यपटुवा र ढोढरी सहित ४ गा.बि.स.समाहित गरि निर्माण भएको छ । ११ हजार २ सय ४३ घरधुरी रहेको यस नगरपालिकामा कुल जनसंख्या ५८३४६ रहेको छ । हाल नगरपालिकामा ९ वटा वडा रहेका छन् । यस नगरपालिकाको अधिकांश क्षेत्रहरुमा कृषि उत्पादन भएको पाइन्छ । गत वैशाखको स्थानीय तह निर्वाचनमा मधुवन नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदमा बलिराम चौधरी निर्वाचित हुनुभएको छ । उहाँले स्थानीय तह निर्वाचन पश्चात वडामा…
