Share Icon

१४ पाैष,काठमाडौं।  लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार (मन्त्रिपरिषद्)को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये एक नगरपालिका हो।

मधुवन नगरपालिका साबिकका सानोश्री, ताराताल, सुर्यपटुवा र ढोढरी सहित ४ गा.बि.स.समाहित गरि निर्माण भएको छ ।

११ हजार २ सय ४३ घरधुरी रहेको यस नगरपालिकामा कुल जनसंख्या ५८३४६ रहेको छ । हाल नगरपालिकामा ९ वटा वडा रहेका छन् । यस नगरपालिकाको अधिकांश क्षेत्रहरुमा कृषि उत्पादन भएको पाइन्छ ।

गत वैशाखको स्थानीय तह निर्वाचनमा मधुवन नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदमा बलिराम चौधरी निर्वाचित हुनुभएको छ ।

उहाँले स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

अध्यक्ष चौधरीले वडालाई यो पाँच वर्षमा सुन्दर र समृद्ध बनाउने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “युवाहरुको लागी युवा सञ्जाल कार्यक्रम, आदिवासी जनजातीको लागी आदिवासी जनजाती सम्बन्धी कार्यक्रम र आत्म सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भईसकेको र वडा कार्यलयमा हुने गोष्ठी तथा बैठकको लागी छुट्टै सानो आवास(कटेरो) निर्माण गर्ने योजना सम्पन्न भएको छ ।”

केही दुई तिन वटा योजना भने कार्यन्यन गर्न बाँकी रहेको तर उपभोक्ता समिति गठन भईसकेको भन्दै वडा अध्यक्ष चौधरीले जनचेतना मुलक कार्यक्रमलाई आयमुलक कार्यक्रमसँग जोड्ने र युवा लक्षीत कार्यक्रममा कम्प्युटर ट्रेनिङ र महिलाको लागी नेतृत्व विकासको कार्यक्रम, साथै असक्त तथा अपाङ्गलाई लक्षीत गरेर असक्तले पनि केही गरेर आम्दानी गर्न सक्छन भन्ने अभियानका साथ सोच परिर्वतन गर्दै कार्यक्रमहरु अघि बढाउने बताउनुभयो ।

वडा अध्यक्ष चौधरीले कृषिलाई पहिलो प्राथमिक्तामा राखेर वडामा रहेका साना साना कृषक व्यापारीहरुलाई समेटेर सङकलन केन्द्र स्थापना गर्ने र कृषिलाई व्यवसायीकरण बनाउने योजना तयार पारीएको र अबको दुई महिना भित्र काम पनि सक्ने बताउनुभयो ।

त्यसैगरी शिक्षा क्षेत्रमा वडामा रहेका विद्यालयहरुमा कक्षा दशसम्म निशुल्क पठनपाठन गर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष चौधरी भन्नुहुन्छ, “म आफ्नो पाँच वर्षीय कार्यकाल भित्र आफनो् वडालाई वातावरण मैत्री बनाउने र वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गर्दै सुन्दर, समृद्धि र नमुना वडा बनाउने योजना तथा लक्ष्य रहेको छ ।”

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो रु भनेर सोधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

Facebook Comments Box

Share Icon