Share Icon

बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं.२६ का वडा अध्यक्ष ख्याम राज तिवारी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनु भएकाे हाे । वडा अध्यक्ष तिवारी वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका कार्यमा खटिरहनु भएकाे छ ।

तिवारी नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालि रहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास हाे । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसकेकाे छ ।

गाउँ-गाउँमा सिंहदरबारको नाराले वडाकाे मुहार व्यापक रूपमा फेरिएको छ । अघिल्लो पटकभन्दा यस पटक वडाको अधिकांश टाेलमा विकास निर्माणका कामहरू धमाधम भइरहेकाे देखेपछि वडावासी खुसी देखिएका छन्। वडा कार्यालयले स्मार्ट वडा बनाउने अभियानका साथ वडावासीहरूकाे सहयाेगमा अगाडि बढिरहेकाे छ ।

वडा कार्यालय जनताको नजिकको स्थानीय सरकार हो। जनताको समस्या समाधान गर्न पहिलो भुमिका स्थानीय सरकारको रूपमा रहेकाे वडा कार्यालयकाे नै हुन्छ । वडा कार्यालयमा जनताले आफ्ना कुरा सजिलै राख्न सक्छन्।

त्यसमा पनि वडा कार्यालय वडावासीको नजिक हुन्छ । वडाले गरेका कामकारवाहीहरु स्थानीयले प्रत्यक्ष रुपमा देखिरहेका हुन्छन् । वडामा के कस्ता कामहरु भइरहेका छन ? समस्याहरु केके छन् ? जस्ता प्रश्नहरुको साथमा वडा अध्यक्ष तिवारीसँग गरिएकाे कुराकानीकाे सम्पादित अशं:

वडाको मुहार फेर्ने विकासका आधारहरु के-के हुन् ?

वडाको मुहार फेर्ने विकासका आधारहरु भनेकाे काठमाडाैंकाे समग्र रूपमा याे हेर्न जरूरी छ, वडाकाे मात्रै मुहार फेर्ने भन्दा पनि काठमाडाैं उपत्यकाकाे कसरी मुहर फेर्न सकिन्छ भन्ने कुरा अहिले महत्वपूर्ण छ । अब याे काठमाडाैंमा एकदमै समस्या भनेकाे खानेपानी र फाेहाेरकाे व्यवस्थापन हाे । र अर्काे कुरा वडाकाे मुहार फेर्ने भनेकाे बाटाे धुलाम्मे हुनु भएन, ढलकाे व्यवस्थापन राम्राे हुनु पर्याे र तारहरू व्यवस्थित भए वडा त्यसै चिटिक्क परि हाल्छ । यस्ताे कुरामा वडा कार्यालयकाे तर्फबाट द्रुत गतिमा काम भइरहेकाे छ । दशैकाे समयमा वडाका अधिकांश बाटाे कालाेपत्रे गरेका छाैँ । अब पाइप लाइनमा बसपार्क एरिया, टाउन प्लानिङ, रानीबारी र ठमेल एरियाकाे बाटाे बनाउनकाे लागि अहिले टेण्डर प्रक्रियाकाे अन्तिम चरणमा छ।

निर्वाचनको बेलामा जनतासँग जे प्रतिबद्धता गर्नु भएको थियो, त्यो अनुसार काम भइरहेको छ की नाइ ?

याे मेराे दाेस्राे कार्यकाल हाे, त्यसैले अघिल्लाे कार्यकालमा मैले बाेलेकाे झन्डै ८० प्रतिशत प्रतिबद्धता पूरा गरिसकेकाे छु । तर याे मेलम्ची खानेपानी र विद्युत प्राधिकरणका कारण २० प्रतिशत प्रतिबद्धता पुरा गर्न अलि गाह्राे भइरहेकाे छ । तर धेरै हाेइन अब बढीमा डेढ वर्षभित्र चुनावका बेलामा गरिएका सम्पूर्ण प्रतिबद्धता पूरा हुन्छ। त्यसकाे लागि वडा कार्यालयले द्रुत गतिमा काम गरिरहेकाे छ ।तर बाटाे निर्माणकाे लागि ३/३ चाेटी टेण्डर आह्वान गर्दा पनि नलागेपछि अलि प्रतिबद्धता पूरा गर्न सकेकाे छैन । तर अब पुन: टेण्डर प्रक्रियामा लैजाने काम भइरहेकाे छ । र बाँकी प्रतिबद्धता याे कार्यकालमा पूरा गर्ने विश्वास म वडावासीलाई दिलाउन चाहन्छु ।

वडामा केन्द्र र प्रदेश सरकारबाट के कस्ता याेजना आएकाे छ ?

पहिलाे कुरा केन्द्र र प्रदेशले वडा कार्यालयलाई हेर्ने नजरिया नै फरक छ, अहिले केन्द्र र प्रदेशका सांसद ज्युले वडा कार्यालयलाई त्यति वास्ता गरेका छैनन् । सबै भन्द दु:ख वडा कार्यालयमा नै छ,  वडावासीकाे सबै भन्दा नजिक, वडावासीकाे सबैभन्दा पहिले दु:ख बुझ्ने काम वडा कार्यालले नै गरेकाे हुन्छ । तर केन्द्र र प्रदेशका सांसद ज्युले याे वडा कार्यालयले स्थानीय सरकार नै हाेइन जस्ताे व्यवहार गर्नुहुन्छ । त्यसैले हाम्राे वडामा केन्द्र र प्रदेश सरकारबाट कुनै याेजना आएकाे छ ।

वडामा सञ्चालित नयाँ र पुराना याेजनाहरू के-के छन् ?

वडामा पुराना र नयाँ याेजनाहरू ढल, बाटाे, भवन निर्माण लगायतका याेजनाहरू रहेका छन् । जसकाे निर्माण कार्य तीव्र गतिमा भइरहेकाे छ।

वडाकाे सम्भावना र चुनाैतीहरू के के छन् ?

चुनाैती त वडाकाे लागि केन्द्र र प्रदेश सरकार नै हुन् । सम्भावना भने सबैले माया प्रेम गर्नु भयाे भने, विकासकाे नेपालकाे ग्रामिण क्षेत्र अथवा लाेकल लेभल क्षेत्रकाे विकास गर्ने ठाउँ भनेकाे वडा कार्यालय हाे।

अब वडाकाे आगामी विकासकाे अवधारणा के बनाउनु भएकाे छ ? 

ढल, बाटाे, भवन निर्माण लगायतका याेजना निर्माण भइरहेका छन्, तर आगामी विकासकाे अवधारणाकाे रूपमा स्मार्ट टाेल बनाउने याेजनामा वडा कार्यालय लागेकाे छ । टाेल हुँदै स्मार्ट वडा बनाउने अभियानका साथ वडावासीहरूकाे सहयाेगमा अगाडि बढिरहेका छाैं ।

Facebook Comments Box

Share Icon