विकास र समृद्धिको लागी निरन्तर खटिरहेका छाैं : वडा अध्यक्ष हरिजन

Share Icon

२९ फागुन  ,काठमाडाैं ।

मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दु तथा प्रमुख औधोगिक,ब्यापारिक र कृषि योग्य स्थल शहर बाँके जिल्लामा अवस्थित जानकी गाउँपालिका पनि एक व्यापारिक तथा अधौगिक क्षेत्रमा प्रचिलित ठाउँ हो र यसको क्षेत्र सुर्खेत रोड को मनिकापुर एरपोर्ट को सीमाना देखि खजुरा रोड हुँदै साई गाउँ भारत को सीमाना संग जोडेको देखाउछ । यस गाउँपालिकामा जम्मा वडा ६ वटा रहेको छ ।

  २०७४ सालमा निर्वाचनमा पराजित भएपछि जगदिश प्र. हरिजन निरन्तर रुपमा समाजिक सेवामा आबद्ध रहनुभएका हरिजनले अन्य धरै काम गरेर जनताको मन र मत दुबै २०७९ सालमा वडा नम्बर ६ मा वडा अध्यक्षमा जित्न सफल वडा अध्यक्ष हुनुहन्छ।

सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। वडा अध्यक्ष हरिजनले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।

६ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर ६ का अध्यक्ष हरिजनले बताउनुभयो।

वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा समाजिक सेवामा आबद्ध रहनुभएका थापाले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

जानकी गाउँपालिकामा नै पहिलाे पटक हाम्राे वडामा स्माट वेटी कार्यक्रम ल्याएकाे दावी समेत गर्नुभयाे । शिक्षामा पनि अामुल परिवर्तन गर्ने याेजना रहेकाे वताउनुभयाे ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष हरिजनले वताउनुभयो।

निरन्तर रुपमा लागीपरेका छौ। मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएको छ । साथै पहिले समाजिक सेवामा रहेर काम गरेको मेरो वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको कुरा स्पष्ट पार्नुभयो।

वडा अध्यक्ष हरिजनले भन्नुभयो, समग्र वडाहरु भन्दा जानकी गाउँपालिका वडा नम्बर ६ बिकट तथा पछाडि परेको वडा रहेको वडा हो ।
सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं।

जे होस् अरूभन्दा ६ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा हरिजनले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘ पहिलो प्राथमिकता जनचेतानालाई दिएर अन्य  बाटो, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन्।’ उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो । वडाअध्यक्षले भन्नुभयो, वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर ६ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.