जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन : वडा अध्यक्ष बुढा

Share Icon

२१ बैशाख ,काठमााडाैं । मालिका गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानिय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको बिच भेगमा अवस्थित छ ।

यस मालिका गाउँपालिकाका दरवाङ्ग, विम मा फैलिएको मालिकाको धुरीमा मालिका मन्दिर रहेको छ । जसको नामवाट यस गाउँपालिकाको नामाकरण गरिएको छ ।मालिका गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको पश्चिममा रहेको छ । मालिका गाउँपालिका ७ वटामा बिभाजन गरिएको छ ।

हुनेखाने पहुच भएकाहरु शहर पसिहाल्ने प्रबिधि रहेको छ। तर यसको अपबादका रुपमा हुनुहुन्छ मालिका गाउँपालिका वडा अध्यक्ष मोनि प्रसाद बुढा उहाँ निरन्तर रुपमा समाज सेवामा लाग्नुभएको साथै सहयोगी भावना मात्र हैन सहयोग गर्नेहरुको अग्र पन्थिमा पर्नुहुन्छ।

मालिका गाउँपालिकास्थित वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिरहेको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष मोनि प्रसाद बुढा ।

वडा नम्बर ३ को चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर उहाँले कार्यक्रम तथा योजनाहरू अगाडि बढाउनु भएको छ। वडा अध्यक्ष बुढाले भन्नुभयो, ‘वडाको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम तथा योजनाहरू अगाडि बढाइएको छ, शिक्षा, स्वास्थ्य, खानेपानि, सडक,कृषि, खेलकुद आदिलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।’

उहाँले सडक मर्मतको काम पनि भइरहेको बताउनुभयो । त्यस्तै उहाँले आफ्नो वडालाई सफा, स्वच्छ र सुन्दर वडा बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता गर्नुभयो ।
वडा अध्यक्षमा निर्वाचित हुनुभन्दा पहिले कृषि तथा व्यवसाय आवद्ध रहनुभएका बुढा निरन्तर रुपमा वडालाई विकास निर्माणमा जोडन लागी रहनुभएको छ।

त्यसैगरी मालिका गाउँपालिकामा वडा नम्बर ३ मा कार्यसम्पादनको हिसाबले हेर्दा चालु आर्थिक वर्षको ८० प्रतिशत काम वडामा सकेको बाँकी काम चाडै सक्ने वडा अध्यक्ष बुढाले दाबी गर्नुभयो।

वडा अध्यक्ष बुढाले थप्दै भन्नुभयो, ‘सिमित बजेटमा रहेर वडाका असिमित समस्या समाधान गर्न हामी निरन्तर रुपमा लागी रहेका छौ‘। ३ वर्ष पहिले बाट पोल तार पुगेको ठाउँमा बिजुली बत्ति बलेको थिएन हाम्रो पहलमा बत्ति बालेका छौं। साथ साथै कुवाको पानि खाने गरेका स्थानियको घरमा एक घर एक धाराको पहल गरेका थियौ काम सुरु भएका छ ।’

विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ। शिक्षा तथा विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण वडामा चेतनाको स्तर बढेको छ।

उहाँले थप्दै भन्रुभयो, ‘आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ। जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ 

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ३ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.