सौर्य ऊर्जाबाट पोखरी गाउँ झिलीमिली स्थानिय हर्षसित
२६ मंसिर, काठमाडाैं । जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा सौर्य ऊर्जाबाट गाउँ झिलीमिली बनेको छ । वडा नम्बर ७ का अध्यक्ष खम्बीलाल राेकायले विद्युत् सेवा नहँुदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य हुनुपरेको बताउदैं ।
सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि बिजुली बाल्ने धोको पूरा भएको रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ उज्यालो मात्र भएको होइन, सारा पोखरीवासीको मन उज्यालिएको छ । जम्मा गाउँमा ६० घरधुरी रहेका छन् ।
गाउँ नजिकै अर्को गोठीबस्ती छ । वर्षायामको ६ महिना पोखरी गाउँका स्थानीय त्यही बस्छन् । गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पु-याइएको छ । ५० किलोवाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा ६ बल्ब राखिएको छ ।
एक घरले दुई बल्बभन्दा बढी बालेका छैनन् । गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । टिभी र वाइफाइ चलाउनसमेत सजिलो भएको रोकायाले बताउनुभयो ।
उत्पादन भएको सबै बिजुली खपत नहुने भए पनि गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन राख्ने तयारी हाम्राे वडा ७ मा भइसकेको छ । जसका लागि वडाले बजेट छुट्याइसकेको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तीन करोड ३४ लाख र ३० लाख तिला गाउँपालिकाको साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको वडा नम्बर ७ का अध्यक्ष खम्बीलाल राेकायले जानकारी दिनुभयो ।