Share Icon

२२ असाेज, काठमाडाैँ । नेपालको करिब मध्ये भागमा पर्ने गण्डकी प्रदेशको पर्यटकीय जिल्ला लमजुङ ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका मिलेर बनेको छ ।

यसै अन्तर्गतको एक गाउँपालिका मस्र्याङदी गाउँपालिका हो । यो गाउँपालिका साविकका ७ वटा गा.वि.स ९ घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, भुलभुले, सिम्पानी मिलेर बनेको हो ।

यसको पूर्वी सिमाना दोर्दी गाउँपालिका, पश्चिमः क्व्होलासोथार गाउँपालिका ,दक्षिणःबेसिशहर नगरपालिका छ भने उत्तरी सिमानामा मनाङ जिल्लाको नासोङ गाउँपालिका रहेको छ ।

९ वटा वडा कार्यालय भएको यस पालिका केन्द्र ८ नं. वडा अन्तर्गत भुलभुलेमा रहेको छ।
गण्डकी  प्रदेश लमजुङ  जिल्लामा अवस्थित मस्र्याङदी गाउँपालिका वडा नंं.८ का वडा अध्यक्ष घन सिङ तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

मस्र्याङदी गाउँपालिका वडा नं.८ मा पालिकाबाट जम्मा बजेट ७० लाख प्रदेशबाट ३० लाख  बजेट विनियोजन गरेको वडा अध्यक्ष घन सिङ तामाङले जानकारी दिनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष घन सिङ तामाङ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष तामाङले बताउनुभयोे ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “पहिलो वर्षमा रहेका आधा अधुरा कामहरु सम्पन्न गर्नको लागि निरन्तर लागि परेका छौ ।”

वडा अध्यक्ष तामाङले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने कामहरु भइरहेकाे छ ।”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न विउँ विजनहरु अनुदानमा वितरण गरेकाे र माैरी पालनलाई व्यवसायमय बनाउनकाे लागि प्रत्येक घर धुरीलाई माैरीकाे घारहरू वितरण गर्ने याेजनामा रहेकाे  छ ।”

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र टोल टोलमा गएर स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गर्ने कामहरु गरेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

वडा अध्यक्ष घन सिङ तामाङले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ८ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon